एघार सय जनाको मृत्यु हुने गरी भत्किएका कम्प्लेक्सका मालिकलाई मुद्दा |

June 1, 2015


सोमबार 18 जेष्ठ, 2072
काठमाडौं, जेष्ठ १८ । बंगलादेशमा ११ सय जनाको मृत्यु हुने गरी भत्किएको राना प्लाजा कम्प्लेक्सका मालिक रोहेल रानालाई हत्या सम्बन्धी मुद्दा लगाइएको छ ।
यसरी हत्याको मुद्दा चलाइएकामा राना तथा थुप्रै सरकारी अधिकारीसहित  ४२ जना छन् ।
उनीहरुले उक्त औद्योगिक भवन भत्कनु एक दिनअघि त्यहाँ काम नलगाउन गरिएको चेतावनीलाई वेवास्ता गरेको बताइएको छ ।
सन् २०१३ मा भएको उक्त घटना बंगलादेशको औद्योगिक विपत्ति कै सबैभन्दा ठूलो मानिन्छ ।

0 comments

Write Down Your Responses