नेपाली सेनाले किनेका २ वटा एम आई सेभेन्टिन हेलिकप्टर नेपाल भित्रिए

काठमाण्डौं, २६ जेठ
नेपाली सेनाले किनेका २ वटा एम आई सेभेन्टिन हेलिकप्टर नेपाल भित्रिएका छन् । रुस सरकारबाट किनिएका उक्त एम आई सेभेन्टिन भि फाईभ हेलिकप्टर आज काठमाण्डौैंमा अवतरण गरेका हुन् ।
२०७० कार्तिक महिनामा मन्त्रिपरिषद बाट पारित निर्णय बमोजिम नेपाली सेनाले उक्त हेलिकप्टरहरु रुसको ज्वाईन्ट स्टक कम्पनिसँग खरिद गरेको हो ।
आज नेपाली सेनाले दिएको जानकारी अनुसार उक्त हेलिकप्टरहरु नेपाली सेनाको सामरिक क्षमताको लागि रणनीतिक साधनको रुपमा रहने, हाल नेपाली सेनाले प्रयोग गर्दै आईरहेको ठुलो हवाई साधनहरुसंग एकरुपता आउने छ ।, नेपालमा नै उपलव्ध पाईलटहरु द्धारा सहज तरिकाले उडान भर्न सक्ने, स्तरियता कायम गर्न मद्धत पुग्ने र दीर्घकालिन रुपमा मितव्ययी हुन जाने तथ्यहरुलाई समेत मध्यनजर राखी सो हेलिकप्टरहरु खरिद गरिएको सेनाले  जनाएको छ ।**

0 comments

Write Down Your Responses