दादागिरी गरेको भन्दै प्रिती जिन्टामाथि मुद्धा

एजेन्सी ।


बलिउडकी सुन्दरी अभिनेत्री प्रती जिन्टामाथि मुद्धा परेको छ । प्रितीले दादागिरी गरेको भन्दै उनीमाथि मुद्धा परेको हो । प्रितीले देखाउने दादागिरीले दिक्क भएको भन्दै प्रतिविरुद्ध छिमेकीले मुद्धा हालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

छिमेकीहरुले प्रितीका बाउन्सरहरुले आफूहरुलाई आजित पारेको भन्दै उजुरी हालेका हुन् ।

उनी घुम्न जाँदा देखि स्वीमिङ पुलमा जाँदा सम्म प्रितिका बाउन्सरले अरुलाई त्यहाँबाट हटाउने गरेको र आफूहरुलाई दादागिरी देखाइने गरेको छिमेकीको गुनासो छ ।

0 comments

Write Down Your Responses