महिलाको दुश्मन महिला नै हो त ?

- निरु थापा
२०७२ जेठ ३० गते


 एक जना प्रसिद्ध गायकको चर्चित गीत छ । माइती घर तिम्रो होइन् पराई घर जाऊ, बिदा लिई कहिलेकाही जन्म घर आऊ । हरेक चेलीलाई माइतीघर वा जन्मथलो छाडेर पराई घर अर्थात कर्मथलो जाने मन सायदै नहोला तर समाजमा विद्यमान सामाजिक सांस्कृतिक बाध्यताले शिकार स्वरुप पराई घर जानैपर्छ । जे जस्तो सहेर पनि अर्काकोलाई आपm्नो मानेर जिन्दगी गुजार्नै पर्ने हुन्छ । यस्तो साझा बाध्यता हरेक चेलीले झेल्नु परिरहेको छ । महिलाको सबै भन्दा ठूलो पीडा के होला भनेर सोध्यो भने सजिलै जवाफ पाउन सक्छौ । दाइजो र सौता । आजभोली दिन प्रतिदिन बहुविवाह र सम्बन्ध विच्छेद बढ्दै गएको अवस्था पाईन्छ । दिनप्रति दिन न्युज पेपरको पहिला पानामा मै धैरै घटनाहरु पढ्न पाउछौ ।
हुन त एउटी महिलामाथि अर्की महिला नै सौता भएर आउँछे के त्यसको दोषी महिला नै हो त ? पक्कै पनि होइन यो सबै घटनाको मुख्य पात्र त पुरुष नै हो । महिलाको मुख्य दुश्मन भनेको दाइजो र सौता हो । आजभोलि दिनप्रति दिन बहुविवाह र सम्बन्ध विच्छेद पनि त्यसको कारण बन्न थालेका छन् ।
महिलाले जतिसुकै वा जस्तोसुकै गाह्रो काम गर्नु परेपनि दुःख नहुने तर सौता र दाइजो भन्ने चिज मुटुको किला भएकाले यो भन्दा अर्को ठूलो चोट महिलाको लागि जिन्दगीमा अरु केही हुनै सक्दैन । हुन त एउटी महिलामाथि अर्की महिला नै सौता भएर आउँछे, तर त्यसको मुख्य पात्र त पुरुष नै हो । यसै प्रसङ्गमा अघि बढ्दा गुल्मी घर भएकी एक महिलाले एक अर्कोलाई मन पराएर एक बिना अर्को बाँच्न नसक्ने भएकाले आ–आफ्नो अभिभावक समक्ष सबै कुरा राखेर नै आज भन्दा ७ वर्ष अगाडि परम्परागत रुपले विवाह गरेका थिए । माइतमा सबै जना भन्दै थिए–‘राम्रोसंग पढ, आफ्नो खुट्टामा उभिएर आफै सक्षम भएपछि आफूले मन पराएको केटासंग विवाह गर्लिस् ।’ तर उनले मानिनन् । उनकै खुसीका लागि बुवा आमाले विवाह गरिदिए । भनिन्छ युद्ध र प्रेममा सबै कुरा सही हुन्छ । विवाह गरेको ५ वर्षभित्र २ छोराको जन्म भयो । पति घर छोडेर विदेश पैसा कमाउन गए । सानो छोरा चाँहि श्रीमान विदेश जाँदा २ महिनाको थियो । उसले त बाबालाई चिनेकै थिएनन् । समय बित्दै गयो घरपरिवारमा पछि दाइजोको बारेमा दिन प्रतिदिन गाली गर्ने पतिले पनि फोनमा गाली गलौज गर्न थाले । पैसा पनि नपठाउने घरमा पनि सब जना मिलेर छोरालाई एकमुख बनाएर गाली गर्न थाले । रात दिन दाइजोको नाममा मानसिक यातना दिन थालेपछि घरमा बस्न नसक्ने अवस्था आयो र घरपछिको साहरा माइती नै हो भन्ने सम्झेर माइतमा गएर बसिन । दुई वर्षपछि विदेशबाट श्रीमान आउनु भयो तर उनलाई न त फोन गर्नुभयो न त ल्याउन आउनुभयो ।
भनिन्छ युद्ध र प्रेममा सबै कुरा सही हुन्छ । विवाह गरेको ५ वर्षभित्र २ छोराको जन्म भयो । पति घर छोडेर  विदेश पैसा कमाउन गए । सानो छोरा चाँहि श्रीमान विदेश जाँदा २ महिनाको थियो । उसले त बाबालाई  चिनेकै  थिएनन्  । समय बित्दै गयो घरपरिवारमा पछि दाइजोको बारेमा दिन प्रतिदिन  गाली गर्ने पतिले पनि फोनमा गाली  गलौज गर्न थाले । पैसा पनि नपठाउने घरमा पनि सब जना मिलेर छोरालाई एकमुख बनाएर गाली गर्न थाले । रात दिन दाइजोको नाममा मानसिक यातना दिन  थालेपछि घरमा बस्न नसक्ने अवस्था आयो र घरपछिको साहरा माइती नै हो भन्ने सम्झेर माइतमा  गएर बसिन । दुई वर्षपछि विदेशबाट श्रीमान आउनु भयो तर उनलाई न त फोन गर्नुभयो न त  ल्याउन आउनुभयो ।
वास्तवमा हाम्रो समाज परम्परागत रुपमा छोरीचेलीहरु जन्म घरबाट विवाह गरेर कर्म घरमा जाँदा माइती पक्षले उपहारका रुपमा कुनै पनि चिजबीज दाइजोका रुपमा पठाउने गर्छ । छोरीचेली जन्म घरमा जन्मिइन् हुर्किइन् र बढिन्, छोरीले विवाह गरेर जानुपर्ने परम्पराले छोरीलाई उपहारका रुपमा केही चिज दिएर पठाउनु ठीक हो तर विगतको यो उपहार अहिले आएर छोरीको जिन्दगीको अभिशाप बन्न पुगेको छ ।
आजको यो २१औ शताब्दीको प्रविधिको युगमा पनि छोरीलाई पढाएर के गर्ने ? आखिर अर्कोको घरमा पठाउनुपर्छ, त्यो पनि रितै होइन् भारी दाइजो सहित अनि यो महंगीमा पढाएमा खर्च गरेर फेरि दाइजो पनि भए भरको कहाँ दिन सकिन्छ र भनेर अधिकांश अभिभावकहरु छोरीका लागि शिक्षामा लगानी गरिरहेका छैन् । दाइजोका कारण छोरीको शिक्षामा समेत असर परेको छ ।
दाइजोले हाम्रो समाजमा यति विकराल रुप लिएको छ कि दाइजोकै कारण गर्भमै लिंग पहिंचान गर्ने , भ्रुण हत्या गर्ने, आत्म हत्या गर्ने जस्ता समस्या भोग्नु परेको छ । दिनप्रति दिन दाइजोकै कारणले शारीरिक र मानसिक यातना भोग्नुपर्ने , गालीगलैज , कुटपिट सहनुपर्ने घर निकाल गर्ने, जिउँदै जल्नुपर्ने, सम्बन्ध विच्छेद गर्नुपर्ने, आत्महत्या जस्ता धेरै समस्या दाइजोका कारण भएका छन् । दाइजोको निहुँमा हिंसामा पर्ने महिलाहरु आफ्नो जीवनयापन सहज तरिकाले गर्न सक्दैनन् । प्रगतिशील र सृजनशील कार्य गर्न बाधा पुग्छ । त्यसैले सर्वप्रथम राज्यद्धारा प्रभावकारी कानुन तयार गर्नुपर्छ कानुन बनाएर कागजमा सजाएर मात्र पुग्दैन्, बनाएको नियम कानुनलाई ब्यवहारमा लागु तथा प्रभावकारी अनुगमन हुनुपर्छ । नियम कानुनको अनुगमन छैन् भने किन बनाउनु त्यसैले यस्ता अपराधिक कार्य हुनबाट जोगाउन नैतिक शिक्षामा जनचेतना फैलाउने, हिंसामा परेकालाई पुनर्स्थापनको व्यवस्था गर्ने, लगानी गर्ने, महिलाको शैक्षिक स्तर बढाउन लगानी गर्ने, जसले खुलेर आफू हिंसामा परेको बाहिर ल्याउन सकोस् र पछिको दिनमासहज जीवनयापन गर्न संकोस् । अपराधीलाई समाजले सजायँ समाजबाटै दिइयो भने मात्र आत्महत्याका वा सम्वन्ध विच्छेद र हिंसाका घटनाहरु घट्न कम हुन्थे कि ?

0 comments

Write Down Your Responses