चीनबाट अमेरिकामा ‘भयानक साइवर आक्रमण’

२४ जेठ, काठमाडौं ।

अमेरिकाले चीनमाथि आफ्नो देशमा नियमितरुपमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चीनबाट निरन्तर भैरहेको साइवर आक्रमणका कारण आफ्ना सबै सरकारी सूचना असुरक्षित हुन पुगेको अमेरिकाको भनाइ छ ।

चीनले भने अमेरिकी आरोपको खण्डन गरेको छ ।

अमेरिकी अधिकारीहरुले चीनबाट भैरहेको नियमित र श्रृंखलाबद्ध साइबर आक्रमणका कारण ४० लाख सरकारी कर्मचारीको व्यक्तिगत तथा गोप्य सूचना चोरी भएको दावी गरेका छन् ।

चीनले भने अनावश्यकरुपमा आरोप नलगाउन चेतावनी समेत दिएको छ ।

0 comments

Write Down Your Responses