को हुन् ९३ करोड ७३ लाख नतिर्ने क्यासिनो मालिक ?
काठमाण्डु, २४ जेठ– केही समयदेखि बन्द रहेका नेपालका नौं वटा क्यासिनोबाट ९३ करोड ७३ लाख रुपैयाँ ६६ हजार १४७ रुपैयाँ असुल उपर गर्न बाँकी रहेको बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले आइतबार सम्पन्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रमसमितिको बैठकमा सो जानकारी दिएका हुन् । अधिकांश क्यासिनो नेपाल रिक्रियसन सेन्टरका नाममा एवम् त्यसका सञ्चालक राकेश वादवा रहेको र उनले बक्यौता रकम नतरी अहिले क्यासिनो बन्द गरेर बसेका छन् । अहिले सोल्टी र साङ्ग्रीला होटलमा मात्रै क्यासिनो सञ्चालनमा रहेको सचिव श्रेष्ठले जानकारी दिए ।
बैठकमा क्यासिनोले तिर्न बाँकी रहेको बक्यौता रकम कानुनी कारबाही गरेर भएपनि उठाउनुपर्ने तथा क्यासिनो बन्द हुँदा बेरोजगार भएका मजदुरलाई उचित रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।
बैठकले कानुनबमोजिम दस्तुर नतिर्ने क्यासिनोको विवरण, नतिर्नुका कारण, उनीहरुको भौतिक सम्पत्तिको अवस्था, क्यासिनको आवश्यकतालगायतका विषयमा अध्ययन गर्न संसदीय उपसमिति समेथत गठन गरेको छ ।
0 comments
Write Down Your Responses