अमेरिकी चर्चमा गोली चल्यो, ९ को मृत्यु

३ असार, एजेन्सी।

चार्लेस्टोन स्थित दक्षिण क्यारोलीना चर्चमा एक बन्दुकधारीले गोली चलाउँदा नौं व्यक्तिको मृत्यु भएको छ। बुधबार बेलुका भएको यो घटनाको दोषीलाई प्रहरीले खोजी गरिरहेको छ।

चार्लेस्टोन प्रहरीका प्रमुख ग्रेग मुलेनको अनुसार गोली लागेपछि आठ जनाको मृत्यु घटनास्थलमै भएको थियो। दुइजनालाई अस्पताल लैजाँदै गर्दा एकको मृत्यु बाटोमा भएको थियो।


अधिकारीहरुले घटनामा मारिएका तथा घाइते भएकाहरुको पहिचाह खुलाइसकेको छैन। तर चर्च भित्र केही मानिसहरु भने सकुशल रहेको बताएका छन्।


मुलेनले स्थानिय सुरक्षा अधिकारीहरु र एफबीआई मिलेर उक्त बन्दुकधारीको खोजीकार्य गरिरहेको बताएका छन्। ‘चर्चमा यसरी प्रार्थना गरिरहेको बेला कोही आएर गोली हान्छ भने त्यो केवल ‘घृणा’ को कारणले हुन्छ’, त्यहाँका मेयरले गोली हान्ने व्यक्तिको बारेमा भन्दै थिए।


बन्दुकधारीको बारेमा जानकारी दिने मानिसलाई पुरस्कृत गरिने बताउदै पुरस्कारको रकम भने पछि तोकिने मुलेनले बताए। बेलुका ९ बजे करिब २१ वर्ष उमेरको देखिने गोरो, कैलो कपालको व्यक्ति निलो जिन्स र हुडमा चर्चमा छिरेर गोली चलाएको थियो।

यो भन्दा पहिले अमेरिकाकै टेक्सासमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको थियो। टेक्सासको द कोलनीमा आफ्नै स्टोरमा बसिरहेका बेला उनको गोली हानि हत्या भएको थियो।

,

0 comments

Write Down Your Responses