चिनियाँ सञ्चार माध्यममा हेडलाइन बनिन् हिमानी (तस्विर सहित)
३ असार, काठमाडौं ।
नेपालमा राजतन्त्र समाप्त भएको आधा दशक वितिसक्यो । अव दशक पुग्ने तरखर चलिरहेको छ । तर पनि पूर्व राजपरिवारका सदस्यहरु भने कुनै न कुनैरुपमा मिडियामा चर्चामा रहिरहेका छन् । कतिपय पात्र बदनामीका कारण चर्चामा छन् भने कतिपय भने राम्रो कामका लागि । यस्तै छ पूर्व राजपरिवारका छोरा र बुहारीको कथा ।
हिमानी ट्रष्टको राहत वितरण कार्यक्रममा सक्रिय सहभागी हुँदै हिमानी साह
पूर्व युवराज पारस साहकी प्रेमिकाले थाइल्याण्डबाट पारसलाई ‘पति’ घोषणा गरेर चर्चा परिचर्चा चलिरहेको समयमा पारसकी पत्नि एवं पूर्व युवराज्ञी हिमानी साह भने अन्तराष्ट्रिय सञ्चार माध्यममा सकारात्मक हेडलाइन बनिरहेकी छिन् ।
चीनको चर्चित अखबार पिपल डेलीको अनलाइन संस्करणले हिमानी साहले हिमानी ट्रष्टको कार्यक्रममा बोल्दै गरेको तस्विर र उनको संस्थाले नेपालका भूकम्प पीडितका लागि गरेको सहयोगबारे समाचार प्रकाशित गरेको छ ।
पूर्व युवराज पारस साहकी प्रेमिकाले थाइल्याण्डबाट पारसलाई ‘पति’ घोषणा गरेर चर्चा परिचर्चा चलिरहेको समयमा पारसकी पत्नि एवं पूर्व युवराज्ञी हिमानी साह भने अन्तराष्ट्रिय सञ्चार माध्यममा सकारात्मक हेडलाइन बनिरहेकी छिन् ।
पिपल डेलीले चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा समाचार समितिका नेपाल प्रतिनिधी प्रताप थापाले बुधबार काठमाडौंमा खिचेको हिमानीको तस्विरलाई हेडलाइन बनाएको छ ।
समाचारको हेडलाइन नेपालकी पूर्व युवराज्ञीले भूकम्प पीडितलाई राहत वितरण गरिन् भनेर लेखिएको छ ।
क्याप्सनमा ‘नेपालकी पूर्व युवराज्ञी हिमानी साह हिमानी ट्रष्टले आयोजना गरेको प्रेस ब्रिफिङमा बोल्दै’ भन्ने लेखिएको छ । त्यस्तै हिमानी नेतृत्वको संस्थाले नेपालका विकट क्षेत्रहरुमा विभिन्न राहत कार्यक्रममा सक्रिय रहेको भनेर उल्लेख गरिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses