बाबुरामलाई देश निर्माणको जिम्मा दिन एमाओवादी नेताका ६ तर्क

७ असार, काठमाडौं ।



एमाओवादी नेता डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका एमाओवादी नेता देवेन्द्र पौडेलले बाबुराम भट्टराईलाई भूकम्प पछिको देश पुनःनिर्माणको जिम्मा दिन ६ तर्क अघि सारेका छन् ।

उनले नेपालमा क्षमता र योग्यता अनुसारकोलाई उचित जिम्मेवारी नदिने चलन नेपालमा विडम्बनाकोरुपमा नै रहेको बताउँदै बाबुराम भट्टराई नै देश बनाउन उपयुक्त पात्र भएको भन्दै यी तर्क अघि सारेका हुन् ।

देवेन्द्र पौडेलका अनुसार बाबुराम भट्टराईलाई देश बनाउन जिम्मा दिनका लागि निम्न आधार छन्ः
१. केही गर्नुपर्छ भन्ने प्रवल इच्छाशक्त्ति भयकाले
२. सम्बन्धित विषय विज्ञता भएकोले
३ . अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु संग सन्तुलन मिलाउन सक्ने भएकाले
४ . अर्थप्रणालीको पनि राम्रो जानाकार भयको र वजेट जुटाउन सक्ने भयकाले
५. अहोरात्र खट्न सक्ने र काम गर्न सक्ने भएकाले
६ . तुलनात्मक रुपमा इमान्दार र नैतिक भएकाले
फेसबुकमा उनको स्ट्याटसले एमाओवादी भित्रै समेत तरंग ल्याएको छ ।

0 comments

Write Down Your Responses