सलमान खान अर्को संकटमा, पर्यो २५० करोडको मुद्धा
मुम्बई ।
बलिउड अभिनेता सलमान खान सुपरस्टार भएर पनि बेलाबेलामा चर्चा र विवादमा आइरहन्छन् । पछिल्ला केही वर्षदेखि परेका ठूला संकटहरुका कारण उनी हैरानीमा पर्दै आएका छन् ।
सन् २००२ को ‘हिट एण्ड रन केस’ १९९८ को शिकार काण्डका कारण तनावमा पर्दै आएका सलमानलाई फेरि अर्को ठूलो मुद्दा लागेको छ ।
उनीमाथि फिल्म ‘वीर’ का प्रोड्युसर विजय गलानीले २५० करोडको मानहानीको मुद्दा दर्ता गराएका छन् । गलानीका अनुसार सलमानकै सुझावमा बन्न लागेको उक्त फिल्मका लागि उनले सलमानलाई १० करोडमा हस्ताक्षर गराएका थिए ।
उनले आफ्नो करियरमा पहिलो पटक यति ठूलो रकम लिएका थिए । त्यसबेला उनले ७–८ करोडमा काम गर्थे ।
फिल्ममा सलमानले पनि खुसी साथ काम गरेका थिए र फिल्म हिट भएमा सलमानलाई १५ करोड दिने सहमति बनाइएको थियो ।
तर फिल्म फ्लप भएपछि गलानीले मार्च २०१० मा सलमानले आफ्नो अफिसको लेटरप्याडमा सहमति हेर्न माग गर्दै पत्र आयो ।
सलमानले सो समयमा सबै सहमति ‘सिने एण्ड आर्टिस्ट्स एसोसिएशन’ पुर्याएर धेरै रकम मागेका थिए तर फैसला गलानीको पक्षमा भयो ।
त्यसपछि सलमानले ‘फेडरेशन अफ वेस्टर्न इण्डिया सिने एसोसिएशन’ को ढोका समेत पुगेपनि गलानीले फिल्ममा नाफा नभएको देखाएका थिए ।
अदालतले सलमानका प्रतिनिधि बोलाएर मुनाफा नभएपनि कुन आधारमा बढी रकम मागेको भन्नेबारेमा समेत सोधेको थियो ।
सोही क्रममा प्रोड्युसर गलानीले मानसिक झमेला झेल्नु परेको भन्दै सलमान विरुद्ध २५० करोडको मानहानीको मुद्दा दर्ता गराएका हुन् ।
0 comments
Write Down Your Responses