इण्डोनेशियामा ज्वालामखी फुट्यो हजारौं मानिसको भागाभाग
काठमाडौं, आषाढ १ । इण्डोनेशियाको सिनाबुङ पहाडमा ज्वालामुखी फुट्दा हजारौं मानिसको भागाभाग भएको छ ।
सुमात्रा द्वीपमा रहेको उक्त पहाडमा पाँच वर्ष अगाडि सन् २०१० मा पनि ज्वालामुखी फुटेको थियो ।
तर जुन २ यता भने निकै तीब्र रुपमा ज्वालामुखी बाहिर आएको बताइएको छ । त्यसअघि त्यहाँ चार सय वर्षअगाडी पनि ज्वालामखी फुटेको थियो ।
तीन हजारभन्दा बढी मानिस आफ्नो थातथलो छाडेर अन्यत्र लागेका छन् । आउँदा सातामा ज्वालामुखीले अझै डरलाग्दो रुप लिनसक्नेमा वैज्ञानिकहरु चिन्तित देखिएका छन् । –एजेन्सी
.jpg)

0 comments
Write Down Your Responses