प्रयास पराजुली । काठमाडौं ।
विनाशकारी भूकम्पले हालसम्म नौ हजार मानिसहरुले ज्यान गुमाएका छन् । हजारौंको संख्यामा घाइते भएका छन् भने लाखौ मानिसहरु घरवार विहीन भएका छन् । घाइतेहरुको उपचार र पीडितहरुको लागि राहत र पुर्नस्थापना गर्ने काम सरकारको हो । तर पीडितहरुको नाममा खरिद गरिएको जस्ता र पालमा खरिदमा सरकारका अर्थमन्त्री डा. रामशरण महत र शहरी विकास मन्त्री नारायण खड्काले कंलङकको टिका लगाएका छन् ।
पीडितहरुको तात लाग्ने वासको लागि खरिद गरिएको त्रिपाल र जस्ता खरिदमा घोटला भएपछि मन्त्रीद्धय महत र खड्का किनै आलोचित मात्र भएका छैन् पीडितको नजरमा कंलङकति व्यक्तिरुको चित्रित भएका छन् । पीडितको लागि खरिद गरिएको त्रिपालमा खडकाले झण्डै २५ करोड रुपैयाँ झ्वाम पारेका शहरी विकास मन्त्रालयका एक कर्मचारी बताउँछन् । यता शिक्षा मन्त्री चिललेखा यादव शिक्षा क्षेत्रमा ठूलो विनाश हुँदा श्रीमान र छोराछोरी सहित विदेश शयरमा गएपछि बदनामी भइन् ।
पैसा खाने अनेक तरिका भ्रष्टचारमा चुर्लुम्मै खडका ?
शहरी विकास मन्त्रालयले खरिद गरेको पाँच लाख थान त्रिपालमा मन्त्री नारायण खड्का सहित मन्त्रालयका कर्मचारीको मिलेमेतमा २५ करोड झ्वाम पारेका छन् । ठूलो परिमाणमा मन्त्रालयले खरिद गरेको त्रिपाल व्यापारीको गोदाममा समेत पुगेको र गुणस्तरीयता नभएको पत्ता लागेपछि सबै भन्दा बढी बदनाम मन्त्री खडका भएका छन् ।
भण्डारण गरिएका त्रिपाल कम संख्यामा भेटिनु र बिना चेक चाँज पठाउने शहरी विकास मन्त्रालयको निर्देशनले व्यापक अनियमितता भएको पत्तोपाएपछि मन्त्रालयको संलग्नता खुलेको थियो । शहरी विकास मन्त्रालयको छानबिन टोलीले आफ्नै मन्त्रालयलको त्रिपाल खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष समेत निकालेका छ । मन्त्रीदेखि कर्मचारीसम्मको मिलेमतोमा सस्तो मुल्यामा त्रिपाल गरिद गरेर मंहगो विल बनाइएको थियो । आपतकानिल अवस्थाको लागि भन्दै विना डेन्डर त्रिपाल खरिद गरेको थियो ।
त्रिपालमा अनियमितता भएपछि मन्त्रालयस्तरीय निर्णयबाट शहरी विकास मन्त्रालयका सह–सचिव डा. महेन्द्र शुब्बाको संयोजकतत्वमा छनाविन समिति गठन गरिएको थियो । समितिले अनियमितता गरेको निष्कर्ष समेत निकालेको छ । त्रिपाल खरिदमा झण्डै ६७ करोड रुपैयाँ खर्च भएको देखिएको छ । मन्त्रालयले कहाँबाट कति पाल आयो, कति गयो, कति खरिद गरियो भनेर तथ्याङक समते नराखि मनोमनी रुपमा भ्रष्टचार गरेको बताइएको छ । त्रिपाल खरिदको विषयलाई लिएर शहरी विकास मन्त्रालयबाट सो सम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको मन्त्रालयको एक कर्मचारीले बताए ।
पिएको जस्ता बेच्ने काम, अर्थमन्त्री महत भए बदनाम
भूकम्पपछि पीडित परिवारलाई राहत स्वरुप पैसा दिने विषयमा अर्थ मन्त्री डा. रामशरण महतले आपत्ति जनाए । पीडितले गाँस बाँस विहीन हुँदा समेत यसै विषयलाई लिएर राजनीतिक दल र सरकारको बीचमा वादविवाद भइरह्यो । राहत दिन आनाकानी गरेका मन्त्री महतको आलोचना भइरहेका बेला उनका पिए रमेश महतले पीडितको लागि लगेको जस्ता बेचेको विषयले निकै धेरै चर्चा पायो ।
इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यायलाई राहतस्वतर दिएको तीन सय बण्डल जस्तामा घोटाला भएपछि मन्त्री महत विवादमा तानिएका थिए । महतका पीए रमेश महतले राहतका लागि विद्यायललाई दिएको जस्ता बेच्न लैजाँदै गरेको अवस्थामा स्थानीयबासीले फक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । विद्यायालयलाई दिएको जस्ता बिक्री गर्न लैजादै गरेको थाहा पाएपछि छहरेमा स्थानीयले महतको चर्को विरोध गरेका थिए ।
कबिलासका विद्यालय भवन निर्माण गर्नको लागि दिएको जस्ता रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २ सय ७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेको घटनाले नुवाकोटमा मात्र होइन देशभरी नै चर्चाको विषय बन्न पुग्यो । जस्ता बेचेको आरोप लागेपछि अर्थ मन्त्रीका पिए महतले पदबाट राजिनामा दिएका थिए । यति मात्र जस्ता बेचेको विषयमा प्रश्न सोध्दा पत्रकारले समेत कुटाई खानु परेको थियो ।
विपति देशभित्रः चित्रलेखाले बनाइन बदनामको चित्र
देश पूरै पीडा र शोकमा परिरहदा शिक्षा मन्त्री चित्र लेखा यादवले विदेशी घुमेर आफ्नो बदनाम भएको चरित्र झन बदनाम पारिन । विपद व्यवस्थापनमा मुलुक जुटिरहेका बेला मन्त्री यादव विदेश भ्रमणमा हानिएकी थिइन । शिक्षा मन्त्री यादवको विदेश भ्रमण पनि निकै चर्चाको विषय बन्न पुग्यो । भूकम्पको कारण सबै भन्दा शिक्षा क्षेत्रमा पनि ठूलो नोक्सानी पु¥यो तर त्यसको कुनै प्रवाह नै नगरी मन्त्री यादव श्रीमान र छोराछोरीको साथ विदेश भ्रमणमा निस्किएका थिइन । विपतको बेला प्रधानन्त्री सुशील कोइरालाले पटक–पटक विदेश भ्रमण स्थगित गर्नको लागि आग्रह गर्दा समेत त्यसको वेवास्था गर्दै मन्त्री यादव विदेश भ्रमणमा गएकी थिइन । मन्त्रालयसँग असम्बन्धित कार्यक्रममा भाग लिन उनी जेठ १८ गते डेनमार्क गएकी थिइन ।
प्रधानमन्त्रीले वैशाख १२ को भूकम्पलगत्तै १३ गतेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री कोइरालाले विपदमा सहयोग हुने कार्यक्रमबाहेक अन्य कुनै पनि कार्यक्रममा विदेश नजान मन्त्रीहरुलाई निर्देशन दिएका थिए । तर त्यो निर्देशनलाई अटेर गर्दै मन्त्री यादव डेनमार्क हानिएकी थिइन । मन्त्री यादव विपदको समयमा भूकम्प प्रभावित जिल्लामा गएर शिक्षा क्षेत्रको समग्र विकासबारे अनुगमन, नियमन गरी विद्यालयको पुनसंरचनाबारे संवेदनशिल हुनुपर्ने बेला त्यसलाई वेवास्था गर्दै विदेश गएकी थिइन ।
राहतको त्रिपाल सभासदले खाए
जनताको सेवा गर्छु भनेर संविधानसभामा गएका सभासदले नै पीडितको लागि आएको त्रिपाल बेचेपछि अर्को चर्चाको विषय बन्न पुग्यो । भूकम्प प्रभावित क्षेत्रहरुमा सभासदलेहरु सरकारले नदिएपनि आफ्नो व्यक्तिगत पहलमा त्रिपाल र राहत पुर्यो । यसले पीडित परिवारले आफ्नो जनप्रतिनिधिप्रति गर्व गरे । तर जनताले जिताएका केही सभासद् यस्ता पनि निस्किए, जो जनताले पाउनुपर्ने राहतका सामान बेचेर खान समेत पछि परेनन् । राहतका त्रिपाल र खाद्यान्न बेचेको आरोप लागेपछि काभ्रे क्षेत्र नम्बर १ का सभासद् तीर्थ लामा केही समय फरार भए ।
भूकम्पपीडितका लागि संकलन भएको राहतमात्र उनले बेचेनन्, सरकारले उपलब्ध गराएको राहत समेत उनैले गायब पारेको आरोप जनताले लगाएका छन् । जनताको सेवा गर्नुपर्ने बेला जनताको नाममा आएको राहत बेचेर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का मोहन वस्नेत पनि चर्चामा आए । यसरी राहत सामाग्री गायब पार्ने सभासद्को लिष्टमा ललितपुर १ का उदय शमशेर राणा पनि परे । पीडितहरुको लागि राहत पुर्याउनु लाग्नु पर्ने सभासदले नै बदमासी गरेपनि सो क्षेत्रका जनता निकै आक्रोशित भएका थिए ।www.nepaliheadlines.com
.jpg)

0 comments
Write Down Your Responses