ज्ञानेन्द्र, तिमीलाई पाप लाग्छ !

२०७२ जेठ २३ गते


गाई मार्दा पाप लाग्ने देशमा, सिङगो सन्तान र आफ्नै भाई मार्‍यौ तिमीले
निर्मल निवास सम्झेर घुटुघुटु थुक निल्छौ, बसाई नागार्जुन सार्‍यौ तिमीले ।
सम्मान राजसी थियो, आफै सारथी हाँक्ने पहलवानी देखायौ तिमीले
आँशु लाग्छ भनी सराप्छन् सबै, रगत लाग्ने पाप बोकायौ तिमीले ।

छोरा नशामै सँधै राजा भएको देख्छ, कस्तो अचम्मको लत लगायौ तिमीले
बेहोसीमा राजा हुने सपना देख्दा, ईतिहासमैे कालो दाग लगायौ तिमीले ।
रट्टट, भट्टटको दन्त्य कथा, हेर्दाहेर्दै सन्ततिलाई पढ्ने गरायौ तिमीले
हेलिकप्टरबाट लाश झर्‍यो रारामा, स्वच्छतालाई दूषित गरायौ तिमीले ।

आऊ देश बचाऊ भन्दै गुहार्छन् जनता बिचरा, आफ्नै दुर्दशा यस्तो छ
सन्तान सखाप भएर एक्लै बाँचेकी, तिम्री प्यारी प्रियसीको हाल कस्तो छ ।
नातिनी मनमनै सोध्छिन् हजुरबा, वर्तमानमा हाल हजुरको कस्तो छ ?
सिध्याएँ सबै लगाएँ कालो टिका, के भनु लंका हारेको रावण जस्तो छ ।
भैरहवा बहुमुखी क्याम्पस

0 comments

Write Down Your Responses