मैत्रीपूर्ण फुटबलमा प्रधानमन्त्रीको जोश यस्तो देखियो (फोटो फिचरसहित)
को-को खेलाडी मैदानमा जमे ?
२०७२ जेठ २३ गते
काठमाडौं, २३ जेठ । देशका शिर्ष नेता र चर्चित कलाकारबीच शनिवार राजधानीमा आयोजित मैत्रीपूर्ण फुटबल कार्यक्रममा रामाञ्चक दृश्य देखियो । दिउँसो सवा ३ बजे सशस्त्र प्रहरीको हल्चोक स्थित मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा शिर्ष नेताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री सुशील कोइराला मैदानमा उत्रिएका थिए ।
उपस्थित दर्शकहरु भन्दै थिए । यति बुढा प्रधान्मन्त्रीले के खेल्न सक्लान ? तर सुशील कोइरालामा छुट्टै जोश देखियो । उनी २० मिनेट भन्दा बढी मैदानमा उभिए । कहिले आफ्नो टीममा रहेका नेतासँग बल पास माग्थे । त कहिले राम्रो नखेलेको भन्दै अरुलाई भन्दै गालि गर्थ । सकि नसकि मैदानमा उत्रिएका प्रधानमन्त्री पहिले भने हेड गर्न खोज्दैथे ।
त्यती मात्र होइन् । गोल हान्न कोसिस समेत गरेका थिए । तर, गोल पोष्टमा पुग्दा पनि उनले गोल हान्न सकेनन् । प्रधानमन्त्री कोइराला थाकेको भन्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेसका नेता डा मिनेन्द्र रिजालले प्रधानमन्त्री बाहिर गएर आराम गर्न आग्रह गरे । त्यती बेला कलाकारको टीमले नेताहरुलाई पेलिरहेको थियो ।
तर प्रधानमन्त्री मानेनन् । बरु मिनेन्द्र हाँस्दै बाहिर निस्के । त्यसपछि प्रधानमन्त्रीलाई फकाउन अगाडि तम्सिए नेकपा एमालेका सचिव एंव युवा नेता योगेश भट्टराई । तर योगेश भट्ट्राईको आग्रहलाई पनि प्रधानमन्त्री माननेन् । र मैदानमा खेलीरहे ।
उनी राम्रोउसँग खेल्न त सकिरहेका थिएनन् । तर खेल्ने जोश भने देखिन्थ्यो । कलाकारको टीमले अति नै पेल्न थालेपछि एमाले नेता भट्टराई फेरि प्रधानमन्त्रीलाई फकाउन पुगे । त्यती बेला उनी खेलाडी गोल पोष्ट नजिकै पुगेका थिए ।
प्रधानमन्त्रीलाई फकाएर बाहिर ल्याउने योगेशको दोस्रो प्रयास प्रयास भयो । भट्टराई भन्छन्-‘तपाई देश चलाउने मान्छे थाक्नुहुँदैन्, आराम गर्नुस । यती भनेपछि मात्रै प्रधानमन्त्री बाहिर आउन माने । खेल चलिरहदा हलचोकमा प्रधानमन्त्री कोइरालाको पक्षमा निकै हुटिङ भएको थियो ।
प्रधानमन्त्री कोइराला मात्रै होइन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि प्रधानमन्त्रीकै हाराहारीमा मैदानमा खेलेका थिए । उनको खेल पनि निकै रोमाञ्चक थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायत नेता सहभागि टीमको खेल निकै रोमाञ्चक थियो ।
को-को खेलाडी मैदानमा जमे ?
खेल खेल्दा कोही खेलाडी मैदानमा जमेर खेल्छ । मैदानमा खेलाडी जम्नु भनेको खेल जित्नु हो । नेताहरुका तर्फबाट मैदानमा एमालेका अग्नी खरेल, रविन्द्र अधिकारी, विष्णु पौडेल जमेका थिए । यस्तै कांग्रेसका गगन थापा, प्रदीप पौडेल र
एमाओवादीका हिसिला यमी, वर्षमान पुन लगायतका नेताले मैदानमा जमेर खेलेका थिए ।
यस्तै, कलाकारका तर्फबाट धिरेन्द्र शाक्य, शंकर विसी, लगायतको खेल उत्कृष्ठ थियो । नेताहरुको कप्तानी प्रधानमन्त्री सुशील कोइरालाले सम्हालेका थिए, भने कलाकारको महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सम्हालेका थिए ।
भूकम्प पीडितलाई सहयोगार्थ आयोजना गरिएको खेलमा राष्ट्रपति डा. रामबरण यादव पनि सहभागी भएका थिए । पहिलो हाफसम्मको खेलमा कलाकारका तर्फबाट नेताले एक गोल खाएका छन् अहिले खेल चलिरहेको छ ।
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses