पोखराबाट काठमाडौं आएर युवतीले सलको पासो लगाई गरिन् आत्महत्या

२०७२ जेठ १९ गते

काठमाडौँ, १९ जेठ । पोखराबाट अध्ययनका लागि काठमाडौं आएकी एक युवतीले सोमबार आत्महत्या गरेकी छिन् ।
काठमाडौंको शंकरापुर नगरपालिका–१० सलेम्बुटार सुस्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसमा पिसिएल दोस्रो बर्षमा अध्ययनरत पोखरा बिरौटा घर भएकी १८ बर्षीया बिमला नेपाल झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
उनलाई सोमबार क्याम्पसको छात्राबासको दोस्रो तलामा रहेको कोठामा सिलिङ फ्यानको हुकमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses