यी २१ काम जान्ने व्यक्ति अब क्यानडा

काठमाडौं । नेपाल सरकारले विभिन्न २१ वटा शिप जानेका व्यक्तिहरुलाई दक्ष जनशक्तिका रुपमा क्यानडा लैजान सिफारीस गरेको छ ।
क्यनेडीयन श्रम मन्त्री केल्ली लेइचसले नेपाली कामदार क्यानडा लैजान इच्छुक भएको बताएपछि नेपाल सरकारले क्यानेडीयन सरकारलाई २१ वटा भिन्ना भिन्नै क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउने बताएको हो ।

श्रम तथा रोजगार मन्त्रालयले ती २१ क्षेत्रमा कामदार पठाउन सकिने जानकारी गराएको थियो ।
जस अनुसार मेडिकल ल्याब प्राविधिक, तालिमप्राप्त मजदुर, कृषि विज्ञ, अकाउन्टेन्ट, जीवविज्ञानविज्ञ, इन्जिनियर, दन्त चिकित्सक, शिक्षक, नर्स, अनमी, अकाउन्टेन्ट, सूचना प्रविधिसम्बन्धी विज्ञ, मेकानिक, सुरक्षा गार्ड, इलेक्ट्रिसियन, प्लम्बर, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर रहेका छन् ।
क्यानडालाई पछिल्लो समय सुरक्षीत रोजगारको गन्तब्य मान्ने गरिन्छ । क्यानडामा जनशक्तिको अभाव रहेको छ । क्यानडा सरकारले छिट्टै यस बारेमा निर्णय गर्ने बताइएको छ ।
www.nepalsandesh.com

0 comments

Write Down Your Responses