राष्ट्र बैंकमा खुल्यो जागिर, न्यूनतम तलब ४६ हजार
२०७२ असार १३ गते
काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकमा जागिर खानेहरुको लागि सुनौलो अवसर छ । नेपाल राष्ट्र बैंकले हालै प्रशासनतर्फ ३१ जना अधिकृतका लागि आवेदन खुला गरेको छ ।
बैंकले योग्यता पुगेकाहरुलाई आगामी साउन १० गतेसम्मको लागि आवेदन खुला गरेको हो । तृतीय तहमा २५ जना र द्वितीय तहमा ६ जना गरी ३१ अधिकृतका लागि आवेदनको माग गरेको छ । जागिरको तलब ४६ हजार रुपैयाँ तोकिएको छ ।
३५ वर्ष ननाघेका पुरूष र ४० वर्ष ननाघेका महिलाले मात्र जागिरको लागि आवेदन दिन पाउनेछन् । तृतीय तहको अधिकृतमा आवेदन दिनका लागि अर्थशास्त्र, वाणिज्य वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनुपर्ने र द्वितीय तहको अधिकृतका लागि स्नातकोत्तर सरहको सिए र एसिसिए वा सिपिए परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आरक्षण कोटालाई पनि प्रथामिकता दिएको छ । दोस्रो तहको अधिकृत पदका लागि अपांग, दलितलाई एक एक जना, मधेसीलाई दुई जना, आदिवासी जनजातिलाई तीन जना र महिलालाई चार जनाको आरक्षण कोटाको व्यवस्था गरेको बैंकले जनाएको छ । तेस्रो तहका लागि मधेशी, आदिवासी जनजाति र महिलाका लागि एक एक जना कोटाको व्यवस्था गरेको छ ।
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses