भूकम्पपछि दोलखामा अनौठो किरा भेटियो

२३ जेठ, दोलखा 

शक्तिशाली भूकम्पपछि दोलखाको उत्तरी गाविसमा सयौंको संख्यामा अनौठो किरा देखिन थालेपछि किसान चिन्तित हुन थालेका छन् । विशेष गरी साँझमा देखापर्ने किराले मकै, आलु, कोदोको बिउ नष्ट गर्नुको साथै पालमा बसेका मानिसलाई समेत समस्यामा पारेको स्थानीयको भनाइ छ ।

साँझ देखिने यो किराले दोलखाको १४ गाविसमा लगाएको मकै, कोदोको बिउ खसाप पारेको दोलखा बिगुका ईश्वरबहादुर खड्काले बताए । अहिलेसम्म नदेखिएको यो किरा लाखौंको संख्यामा साँझ पख देखिने र रातभरमा लगाएको बाली सखाप पार्ने गरेको खड्काले बताए ।

भूकम्पले घर क्षति भएपछि पालमा बसेका दोलखाको उत्तरी गाविसका स्थानीय अनौठो किराको टोकाइले समेत समस्यामा परेका छन् । अनौठो किराको टोकाइले विशेष गरी बालबालिकामा एलर्जी र घाउ भएको तथा ठूला मानिसलाईए पनि टोकेर समस्यामा पर्ने गरेको गौरीशंकर गाविसका सामाजिक परिचालक मिङमा शेर्पा बताउँछन् ।

उत्तरी गाविसका स्थानीय किरा नियन्त्रण गरिदिन माग गर्दै दुई दिन हिडेर सदरमुकाम चरिकोट आइपुगेका छन् । आजको समाचारपत्रमा खबर छ ।

0 comments

Write Down Your Responses