वैदेशिक रोजगारीमा गएका महिलाको पीडाः यौनशोषणमा परेर मालिकको बच्चा बोकेर घर फर्किदा…

 निरु थापा


२०७२ जेठ २३ गते
स्वदेशमा अवसर नभएको भन्दै विदेशतिर काम गर्न जानेहरुको सङख्या दिन प्रति दिन बढ्दै गइरहेको छ । प्रत्येक बर्ष लाखौ युवा युवती श्रम बजारमा आउँछन् । त्यमध्ये धेरै जसोले विदेशी मुलुक लाई नै गन्तब्य बनाउछन् । हाम्रो देशमा ४० हजार युवाका लागि पनि रोजगार दिन सक्ने अवस्था छैन् । यसो त युवा युवती आफै केही गर्नतिर पनि चासो दिदैनन् । बरु रोजगारी दिन नसकेको भनेर सरकारलाई गालि गदै विदेशतर्फ पलायन हुन्छन् । पुरुषको तुलनामा वैदेशिक रोजगारका जाने महिलाको सङख्या कम छ तर जोखिममा पर्नेमा भने महिला बढी छन् । भारतको बाटो भएर रोजगारका लागि अन्य मुलुक जानेहरु अझ धेरै जोखिममा परिरहेका छन् । दलालले थोरै रकममा विदेश पठाउने लोभ देखाउंछन् । भने प्रलोभनमा परेर धेरै महिला ठगिने र अलपत्र समेत पर्ने गरेका छन् । कयौ दलालले महिलामाथि शोषण गर्ने, प्रेम र विवाहको समेत आशा देखाएर महिलामाथि शोषण गरेका छन् काममा लगाईदिने भन्दै विदेश लगेर बेच्ने गरेका छन् ।
कयौ दलालले महिलामाथि शोषण गर्ने, प्रेम र विवाहको समेत आशा देखाएर महिलामाथि शोषण गरेका छन् काममा लगाईदिने भन्दै विदेश लगेर बेच्ने गरेका छन् । कतिपय नेपाली महिला कामकै सिलसिलामा गएकाहरु नेपाल फर्कदा अनिच्छित बच्चा समेत लिएर आउन बाध्य छन् । नेपाल आएपछि घरपरिवारबाट घर निकाला गरिदिने, वैदेशिक रोजगारबाट फर्केपछि एकले अर्कोलाई नस्वीकार्ने जस्ता घटना दिनप्रति दिन बढीरहेका छन् ।
कतिपय महिला जो घरेलु कामदारका रुपमा गएका हुन्छन् । उनीहरु वैदेशिक रोजगारमा जाने महिलाहरु मध्ये ७० प्रतिशत भन्दा बढी समस्या कुनै पनि रेकर्ड नभएका कामदारको देखिएको छ । जसमा भारत हुँदै लुकेर जानेहरु पर्दछन् । महिला श्रमिकको कुरा गर्ने हो भने जसमा घरमा काम गरिरहेका छन् । उनीहरुबाटै शोषित भएका छन् । कतिपय नेपाली महिला कामकै सिलसिलामा गएकाहरु नेपाल फर्कदा अनिच्छित बच्चा समेत लिएर आउन बाध्य छन् । जसले गर्दा महिला लाई रोजगारमा कठिन भएको छ । नेपाल आएपछि घरपरिवारबाट घर निकाला गरिदिने, वैदेशिक रोजगारबाट फर्केपछि एकले अर्कोलाई नस्वीकार्ने जस्ता घटना दिनप्रति दिन बढिरहेका छन् । त्यस्तै हतारमा सीप नभई जानेहरु बढी जोखिममा पर्ने गरेका छन् । उनीहरुले विदेशमा विभिन्न चुनौती खेल्नु परेको छ । हतार गरेर सीप नसिक्किन जस्तो काम पनि गर्न सकिन्छ । भन्ने आशाले विदेश पलायन हुन्छन् । तर उनीहरु त्यहाँ जोखिममा परेका हुन्छन् । उनीहरु रोजगारमा सुरक्षित हुँदैनन् । आफ्नो गन्तव्य सुरक्षित नहुँदा नहुदै पनि स्वदेशमा अवसर कम र आर्थिक रुपमा कमाइ गर्न सक्ने भन्दै विदेश जानेको सङख्या दिनप्रतिदिन बढ्दो छ ।
२१ औ शताब्दीमा डुबुल्की मारेको संसारबाट नेपाल अझै पछाडि हुँदा आर्थिक रुपमा समुन्नत हुन सकेको छैन् । पर्यात्त साधन स्रोत र सम्भावना हुँदा हुँदै पनि आत्मनिर्भर बन्न नसकेका कारण रोजगारको पर्याप्तता बनेको छैन् । बेरोजगारीले आक्रान्त समाजमा गरिबीले रेखा काट्न मुस्किल परिरहेको कठोर अवस्थामा नेपाली नारीहरु विभिन्न ढङगले पीडाको संघारमा पिसिँदै आएका छन् । सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक लैगिक लगायत राजनीतिकरुपले पिल्स्याई एकातिर हुँदाहुँदै आर्थिक पीडाको चपेटाले उक्कन पाएका छैन् । यसले रिजल्ट कयौ नेपाली महिलाहरु गाडी मुलुकका घरेलु कामदारका रुपमा जस्तोसुकै काम र बेहोराई खटिरहनु परेको छ । तर हाम्रो देश नेपालले आफ्नो देशका चेलीले खेप्नु परेको पीडा वेवास्था छ । यसर्थ राज्यले नारीप्रति खासै सम्मान दिन र व्यवस्था मिलाउन सकेको छैन् । जतिसुकै राजनीतिक परिवर्तन वा लोकतान्त्रिक गुठ्ठी हांकिए पनि नेपाली चेलीले विदेशमा रहँदाको पीडा उही छ । सधैको राजनीतिक लडाइ, कलह, बन्द, हडताल अस्थिरताले रोजगारको आवश्यक पुर्वाधार तयार पार्न नसकेको यी कारणले नेपालबाट दिनहुँ अत्याधिक सङख्यामा चेलीहरु विदेशीनु परिरहेको छ । विदेशीने स्लिसिलामा खास गरी दुई ढंगको परिस्थितिमा गएको भेटिन्छ । एउटा सम्पन्न वा वर्गका महिला विकसित मुलुकमा अध्ययन लगायत बाहिरी काममा गएका छन् । भने अर्कोतर्फ विपन्न परिवार तथा वर्गका गरिब, अशिक्षित महिला विशेषत ंखाडी मुलुकमा पुग्नु परेको छ । दुबई, कतार, ओमान, साउदी अरब, कुवेत, बहराइन, इराक आदि जाने मध्ये प्राय गरेर नोकरका रुपमा सीमित भएका छन् । भने चाहे विकसित देशमा पुगोस चाहे अविकसित खाडी मुलुकमा महिलालाई अनेक प्रकारका चुनौती भोग्नु परेको छ । शारीरिक, मानसिक अनेकौ प्रकारका पीडा झेल्नु परेको छ ।
जुन घरको भिसामा गएका चेलीहरु युवतीदेखि अधवैसेले कष्ठपुर्ण जीवन गुजार्नु परेको हुन्छ । एकाध घरपरिवारका घर मालिक सन्जा होलान् । तर अन्यथा प्राय मालिक बद्नियतका र नारीप्रति कुदृष्टि लगाउने खालका हुनाले नेपाली नारी अस्मितामा खतराको स्थिति सृजना भएको छ । घरेलु भिसालाई कतिपयले त यौन शोषणको लाइसेन्स बनाएका छन् । आप्ःनो र घरमा भएका उमेर पुगेका पुरुषहरुलाई यौन तृष्ण मेटाउन स्रोत ठान्ने मात्र होइन् । पाहुना पुरुषलाई समेत स्वागतका साथ प्रयोग गर्ने गर्दछन् । त्यसैले एक्लै भेटेमा वा कतै जान गाडी चढेमा एकान्तमा लगेर सामुहिक बलात्कार समेत गरेर छाड्ने गर्दछन् । एकातिर नारी अस्मिता वा संतित्व जोखिममा पर्छ । भने अर्कोतिर ज्यान नै खतरामा परेको छ । त्यसैले वैदेशिक रोजगारमा विशेष गरी घरेलु कामदारका रुपमा जाने महिला अनेकौ समस्याबाट पीडित छन् । त्यसैले महिला कामदारलाई सुरक्षित रोजगारको तालिमपछि मात्र विदेश जाने अवस्था मिलाउनु आवश्यक छ । रोजगारमा जाने महिलाले पनि कानुनी प्रकृया पु¥याएर जानु आवश्यक छ । केही प्रक्रिया पु¥याएपछि जोखिमबाट बच्न सकिन्छ । यसतर्फ चनाखो हुनु हरेक नेपाली महिला अति आवश्यक छ । रोजगारका लागि जाने महिलालाई उनीहरु जाने देशको भाषा, संस्कृति, कानुन अधिकारबारे पर्याप्त जानकारी नहुँदा जोखिममा पर्ने सम्भावना बढेको छ । नेपालबाट रोजगारका लागि भन्दै विदेशिनेहरु अधिकांशले खाडी मुलुकलाई गन्तव्य बनाउन बाध्य भएका छन् । यसरी विदेश जानेहरुमा पनि आर्थिक, सामाजिक, घरपरिवारबाट दबाइएका वा आर्थिक हिसाबले पछाडि पारिएका महिलाहरु घरेलु कामदारमा बढी रहने गर्दछन् ।
अधिकांशले विदेश भन्न साथ ठूलो अपेक्षा गर्ने गर्दछन् । र पछि समस्या पर्दा अत्तालिएर आत्महत्या समेत गरेका घटना पनि छन् । त्यसैले अनिवार्य रुपमा अभिमुखीकरण तालिम भनिएता पनि त्यसलाई प्रभावकारी बनाउन नसक्दा लुकीछिपी भारतको बाटो भएर रोजगारमा जाने हुदा यसले झनै जोखिम बढाएको छ । आफू विदेश जानु भन्दा पहिले कुन ठाउँ जाने हो त्यहाँ गएर के काम गर्ने हो सीप सिकेको कामको विवरण तलब बारे वुझनु अति आवश्यक छ । वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारमा जानु पर्दछ । सगरमाथाको देश, गौतम बुद्धको देश, सांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपुर्ण जलस्रोतको पनि दोस्रो देश भनेर चिनिने नेपाली चेलीहरुको अस्तिव्वलाई यस्तो चुनौती ? सीता जस्तो अस्तित्व र संतिव्वलाई कति पनि डगमगाउन नदिएकी महान् नारीको देश नेपालका हामी चेली कष्ठपुर्ण जीवन भोगाई चुनौतीको सामाना गर्नुपर्ने यसमा यो राज्यको गम्भीर ध्यान जाने की नजाने ? सम्पुर्ण नेपाली चेलीको पीडा सिंगो नेपालकै पीडा हो त्यसैले नेपालकै पीडा स्वरुप विदेशिएका चेलीहरुले सामना गर्नु परिरहेको चुनौतीप्रति सरकार लुप्त रहनु कति सम्मको नाजायज काम हो गम्भीर प्रश्न ?

,

0 comments

Write Down Your Responses