व्यापारीको पैसामा कलिला केटीसँग मस्तीपछि डिभोर्स
काठमाडौँ, ४ असार ।
मानिसलाई ठग्ने काइदा अनेक ढंगले आउँछ । कोहीको काम नै त्यस्तै हुन्छ । यस्तै काम गर्छन् सागर श्रेष्ठ पनि । उनी आफूलाई कर्णेलको छोरा भन्छन् । विवादास्पद व्यापारी सहदेव कक्षपतिको भान्जा बताउँछन् र बजारमा कलिला युवतीलाई प्रेमिका र परिआए पत्नी बनाउँदै फसाउँछन्, उनीहरुको रकम असुल्छन् अनि डभोर्स पनि दिन्छन् । श्रेष्ठको धन्दा यतिमात्र होइन, महँगो ब्याज दिने प्रलोभनमा व्यापारीको पैसामा मस्ती पनि गर्छन् ।
श्रेष्ठको देखाउने काम भने लागु औषधका दुव्र्यसनीलाई सुधार केन्द्र चलाउने हो, जुन महाराजगञ्जमा चलाइरहेका छन् । तर उनको धन्दा भने अरु नै भएको प्रहरी र अदालती कारबाही हेर्दा देखिन्छ । पत्नीको नाता बनाएर प्रिया लामालाई ठगी गरेका श्रेष्ठले उस्तै बहानामा प्रेमिका बनाएर भावना गुरुङलाई पनि लाखौँ रुपैयाँ ठगी गरेका छन् ।मानिसलाई ठग्ने काइदा अनेक ढंगले आउँछ । कोहीको काम नै त्यस्तै हुन्छ । यस्तै काम गर्छन् सागर श्रेष्ठ पनि । उनी आफूलाई कर्णेलको छोरा भन्छन् । विवादास्पद व्यापारी सहदेव कक्षपतिको भान्जा बताउँछन् र बजारमा कलिला युवतीलाई प्रेमिका र परिआए पत्नी बनाउँदै फसाउँछन्, उनीहरुको रकम असुल्छन् अनि डभोर्स पनि दिन्छन् । श्रेष्ठको धन्दा यतिमात्र होइन, महँगो ब्याज दिने प्रलोभनमा व्यापारीको पैसामा मस्ती पनि गर्छन् ।
पत्नी र प्रेमिका मोजा फेरेजस्तै फेर्ने श्रेष्ठले एक दर्जन भन्दा बढी व्यापारीलाई पनि महँगो ब्याजको प्रलोभनमा ठगी गरेका छन् । श्रेष्ठबाट ठमेलका वांग्दु शेर्पा, बाबु, पोखराका महेश्वर श्रेष्ठ, भाटभटेनी सुपर मार्केट र केही बैंकलाई समेत ठग्न सफल भएका छन् । स्रोतका अनुसार श्रेष्ठले वांग्दुलाई ५ लाख, पोखराको श्रेष्ठलाई ९ लाख, बाबुलाई ३ लाख, बुढानिलकन्ठका दीपकसिंह खडायतलाई ठगी गरी सम्पर्कविहीन भएपछि रुपैयाँ लगानी गर्नेहरु उनको खोजीमा जुटेका छन् ।
ठगी गरेरै भए पनि असीमित इच्छा पूरा गर्ने श्रेष्ठले रोजी छाडी गाडी चड्ने क्रममा केही बैंक पनि डुबेका छन् । उनले बैंकबाट माच्दा गाडी ऋणमा निकालेर किस्ता र ब्याज नतिर्दा बैंकले गाडी खोजिदिन प्रहरीलाई गुहारेको बैंकका एक अधिकृतले बताए । त्यस्तै, उनले नारायणी नेसनल फाइनान्सबाट निकालेको गाडीको किस्तासमेत नतिरी फरार भएको पाइएको छ । त्यतिमात्र नभई श्रेष्ठले आफ्नो रहर पूरा गर्न हुनेखाने परिवारको युवती प्रेमिका र पत्नी बनाएर ठग्ने गरेको पाइएको छ । श्रेष्ठले दुई पतनीसँग डिभोर्स गरिसकेका छन् भने आधा दर्जनलाई ग्रर्लफेन्ड बनाएर ठगी गरिरहेको उनीनिकट बताउँछन् ।
पहिलो पत्नी प्रिया लामासँग अदालमा चलेको मुद्दा उनले चार महिना अगाडी हारिसकेका छन् । श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले सातलाख रुपैयाँ जरिवाना गरेको छ । उनले अदालतको फैसला कार्यान्यवन नगरी प्रियालाई झुलाउँदै हिँड्ने र अदालतको जरिवानासमेत नतिरेका कारण उनलाई चाँडै पक्राउ गरिने अदालत स्रोतले बताएको छ । गतवर्ष श्रेष्ठले मेक्सिकन नागरिकलाई साथी बनाएर चेक चोरी गरी २५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीलाई भ्रममा पार्न हनुमानढोकामा उजुरी हालेका थिए ।
पक्राउ परेका मेक्सिकन नागरिकले चेक चोरी भएको प्रहरीमा उजुरी दिइसकेको भए पनि मेक्सिकन नागरिकलाई गलत ठहर गर्दै मुद्दा चलाएको थियो । तर, मुद्दामा अदालतले मेक्सिकन नागरिकबाट ठगी नभएको फैसला गरेपछि मेक्सिकन नागरिकले उन्मुक्ति पाएका थिए ।
News/स्रोत (nepalese.org)
0 comments
Write Down Your Responses