एसिड आक्रमणमा परेका सीमा बस्नेत र संगिता मगर एसएलसीमा फेल, हेर्नुस् मार्कसिट
२०७२ असार ४ गते
काठमाडौ, ४ असार । एसिड आक्रमणमा परेकी सीमा बस्नेत र संगीता पुलामी मगर एसएलसी परिक्षामा अनुतिर्ण भएका छन् ।
काठमाडौंको शान्तिश्वरी राज्यलक्ष्मी माविबाट एसएलसी परिक्षामा सहभागी भएका सीमा र संगिता फेल भएका हुन् । एलएलसी परिक्षा नजिकिँदै गर्दा उनीहरुलाई जीवन विकले काठमाडौँको बसन्तपुरमा एसिड छ्यापेका थिए ।
गाणित विषय लगेपछि सिमा फेल भएकी हुन् । गणित विषयमा सफल भएको भए उनी पहिलो श्रेणीमा पास हुने थिइन् । उनले ४ सय ८० नम्बर प्राप्त गरेर छिन् । सीमाले एसएलसी परिक्षामा फेल भएकोे अहिलेसम्म विश्वास गर्न सकेकी छैनन् ।
उनले दैनिक नेपालसँग भनिन्, ‘सरले तिमीहरुको कपी छुट्टै चेक भएको छ भन्नुभएको थियो । त्यसैले त्यो सिटमा हाम्रो सिम्बल नम्वर नदेखाएको होला ।’ उनले मलिन स्वरमा थपिन्, ‘दाई म फेल भए त मर्छु होला ।’
सिमा अहिलेसम्म कुनै पनि कक्षामा असफल भएकी थिइनन् । एसएलसी टेस्ट परिक्षामा भने बिज्ञान विषयमा अनुतिर्ण भएकी थिइन् । रौटहटकी सीमा काठमाडौं आएर सात कक्षादेखि पढ्न थालेकी थिइन् ।
सोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses