मुम्बईमा वर्षा, अमिताभको घरभित्र पानी
४ असार, मुम्बई।
भारतको मुम्बईमा भारी वर्षाको कारण सबैजना घरभित्रै बस्न बाध्य भएका छन्। वर्षाको कारण सडक पनि अवरुद्ध भएको छ भने ट्रेन सेवा पनि पुरै रूपले बन्द भएको छ। यसको कारण पर्यटकहरू अनि कार्यालय जाने मानिसहरू पनि घरमै थन्किएर बस्न बाध्य भएका छन्।
सर्वसाधारण अनि बलिउडका सेलिब्रेटीहरू पनि यस वर्षाको मर्कामा परेका छन्। बलिउड सुपरस्टार अमिताभ बच्चनको घर ‘प्रतिक्षा’ भित्र पनि पानी पसेको छ। घरको वरिपरिको आँगन पनि पानीले भरिएको छ भने घर भित्र पनि पानी जाने अवस्थामा रहेको छ।
गर्मीले गर्दा सडकनै पग्लने अवस्था पुगेको थियो मुम्बईको तापक्रम। तर यो वर्षासंगै केही शितलता भने अनुभव गरेका छन् मुम्बईवासीले।
0 comments
Write Down Your Responses