भक्तपुरकी रुबी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी

२०७२ असार ४ गते


भक्तपुर, ४ असार । यसबर्षको एसएलसी परिक्षामा भक्तपुरकी रुबी श्रेष्ठ सर्वोत्कृष्ट (नेपालटप) भएको दाबी गरिएको छ ।
मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन अंग्रेजी विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आफ्नी छात्रा रुवी श्रेष्ठ ‘नेपालटप’ भएको दाबी गरे । उनका अनुसार, ०२८३०२७ सिम्बोल नम्बर भएकी रुबीले ७ सय ४३ अर्थात ९२.८७ प्रतिशत अंक प्राप्त गरेकी छिन् ।
रुवीले अनिवार्य गणितमा ९९, ऐच्छिक गणितमा ९८, कम्प्युटर विज्ञानमा ९७, विज्ञानमा ९६, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ९४, अनिवार्य अंग्रेजीमा ९०, नेपालीमा ८५ र सामाजिकमा ८४ अंक ल्याएकी छिन् ।
अहिलेसम्म दाबी गरिएको मध्ये रुबीले सबैभन्दा धेरै नम्बर ल्याएकी छिन् । एसएलसीको नतिजा सार्वजनिक हुनासाथ विभिन्न विद्यालयले दाबी पेश गर्न थालेका छन् ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses