नाम ज्योतिष, काम यौनधन्दा

ललितपुर ।


आफ्नो भाग्य र भविष्य हेराउँन कुनै ज्योतिषकहाँ जाँदै हुुनुहुन्छ भने सचेत रहनुहोस् । किनकि, अहिले राजधानीमा ज्योतिषीको भेषमा यौन धन्दा गर्नेहरुको विगविगी बढेको छ । यसको पछिल्लो उदाहरण हो, कथित् ज्योतिष हरिहर आचार्यको चर्तिकला ।
आचार्यले ज्योतिषीको भेषमा एक १६ वर्षीय किशोरमाथि यौनदुराचार गरेको खुलासा भएको छ । र, उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।  आचार्यले नक्साल भाटभटेनीनजिकै कोठा भाडामा लिएर १६ वर्षीया किशोरीलाई बन्धक बनाई मुखमैथुन गर्ने गरेको खुलासा भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर गोदावरीका आचार्यले विभिन्‍न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले हलमा लगाउने सम्म हेराउन पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले आचार्यलाई सोमबार पक्राउ गरेको हो।
पीडित १६ वर्षीय किशोरलाई कोठामा बन्धक बनाएर आचार्यले मुख मैथुनदेखि अप्राकृतिक यौनसम्पर्क गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ ।
ती किशोरले नै आफूमाथि आचार्यले गरेको ज्यादती सहन नसकेर मोबाइलमा भिडियो खिचेर प्रहरीलाई बुझाएपछि यो घटनाको रहस्य बाहिर आएको हो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले पीडित किशोरले प्रहरीमा बुझाएको भिडियो सुरक्षित रहेको बताए।

१६ वर्षमुनिका बालबालिकाको हकमा यौनदुराचारको घटनामा मुद्दा चल्न मिल्ने भएकाले आचार्यविरुद्ध प्रहरीले सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको जानकारी पोखरेलले दिए । अन्नपूर्ण पोस्टमा समाचार छ ।

0 comments

Write Down Your Responses