ऐश्वर्यामाथि मुद्धा.!

एजेन्सी ।
बलिउड अभिनेत्री सुन्दरी ऐश्वर्या राय आफूले अभिनय गरेको चलचित्रका कारण झमेलामा पर्ने संकेत दिएको छ । पाकिस्तानमा २ दशक विताएका भारतीय बन्दीको कथामा आधारित बलिउडको आगामी चलचित्र ‘सर्वजीत’ मा रहेको कथा बस्तुप्रति आपत्ति जनाउँदै सर्वजितकी बहिनीले अभिनेत्री ऐश्वर्या रायलाई लिगल नोटिश पठाएकी छिन् ।

टाइम्स अफ इण्डियाका अनुसार सर्वजितको बास्तविक बहिनी बताउने एक महिलाले मुख्य अभिनयमा रहेकी ऐश्वर्यालाई मुद्धा दायर गर्ने संकेत गरेकी हुन् ।

आफ्ना दाजुको जीवनमा आधारित कथालाई गलत ढंगले प्रस्तुत नगर्न भन्दै उनले चेतावनी समेत दिएको समाचार चलाइएको छ ।

कथामा सर्वजीतलाई मदिरा खाएर लठ्ठिने जड्यायाकोरुपमा प्रस्तुत गरिएको भन्दै उनले आपत्ति जनाएकी छिन् ।

0 comments

Write Down Your Responses