नेपालमा फेरी भूकम्पको धक्का महसुस
२७ जेठ, काठमाडौं ।
विनाशकारी भूकम्प भएको २ महिना हुन लागिसक्यो । पराकम्पनको क्रम भने रोकिएको छैन । आज पनि दिउसो २ पराकम्पन भएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पराकम्पन २ बजेर ५१ मिनेटमा दोलखा केन्द्र भएको ४ दशमलव २ रेक्टर स्केलको मापन गरिएको छ ।
यस अघि १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको थियो । यस अघि हिँजो राति २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालीहरु भूकम्पका पराकम्पसँग अभ्यस्त भैसकेका छन् । बैशाख १२ गतेको मुख्य भूकम्पपछि नेपालमा हजारौंको संख्यामा भूकम्प अर्थात पराकम्पनका धक्का महसुस भएका छन् । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।
0 comments
Write Down Your Responses