मलेसियामा शक्तिशाली भूकम्प गएलगत्तै काठमाडौंमा किन आयो धक्का ?

काठमाडौं, २२ जेठ ।


काठमाडौंलाई केन्द्रविन्दु बनाएर शुक्रबार नेपालमा फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौंलाई केन्द्रविन्दु बनाएर नेपालमा अर्काे भूकम्पको धक्का महसुस भएको हो ।
मलेसियामा शुक्रबार विहान गएको शक्तिशाली भूकम्पपछि दिउँसो काठमाडौंलाई केन्द्रविन्दु बनाएर आएको धक्काको महसुस भएको हो । मलेसियामा शक्तिशाली भूकम्प गएको केही घण्टामै काठमाडौंमा धक्काले केन्द्रविन्दु बनाएको हो ।
यस विषयमा भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले मलेसियाको शक्तिशाली भूकम्पले पृथ्वीका प्लेटमा हलचल ल्याएकाले काठमाडौंमा पनि धक्का महसुस भएको बताउनुभयो । उहाँले यस्ता धक्काले कुनै असर नगर्ने भएकाले सर्वसाधारण नआत्तिन आग्रह गर्नुभयो ।
काठमाडौं केन्द्रविन्दु भएर गएको भूकम्प ४ रेक्टर स्केलको हो । यसअघि विहान सिन्धुपाल्चोकमा पनि भूक्म्पको धक्का महसुस गरिएको थियो ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses