पाकिस्तानी सेना प्रमुखले भारतलाई दिए कडा चेतावनी

२२ जेठ, काठमाडौं ।


पाकिस्तानी सेना प्रमुख जनरल राहिल शरीफले दिएको पछिल्लो अभिब्यक्तिले भारतमा हंगामा भएको छ । विहीबार सेना प्रमुख शरीफले भारतले देखाएको आक्रमक ब्यवहारको पाकिस्तानले मुखभरीको जवाफ दिने बताएका थिए ।

कश्मिरलाई पाकिस्तानको अधुरो एजेण्डा भन्ने गरेका सैनिक प्रमुखले दिएको अभिब्यक्तिले भारतमा भने तरंग देखिएको छ ।

शरीफले भारतसँग पाकिस्तान नडराउने भारत भन्दै पाकिस्तानले चिन्ता लिनु नपर्ने उनको भनाइ छ ।
भारतीय अधिकारीले पाकिस्तानले आतंकवादलाई प्रसय दिएर आतंकवाद नियन्त्रण गर्ने बताइरहेको टिप्पणी गरेपछि पाकिस्तानी सैनिक प्रमुखले यस्तो चेतावनी दिएका हुन् । उनले पाकिस्तान र कश्मीरलाई छुट्टाउन नसकिने समेत स्पष्ट पारेका छन् ।

0 comments

Write Down Your Responses