यस्तो रहेछ अत्याधिक गर्मी बढ्नुको कारण

काठमाण्डु, २५ जेठ – मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई तीन सातासम्म जारी रहन सक्छ ।
गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदारलगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरमा नुन र पानीको कमी हुन गई समस्या उत्पन्न हुन्छ ।
‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन्, ‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’
गर्मी ठाउँमा दिउँसो काम नगरी शीतलमा बस्न र प्रशस्त पोषिलो तरल पदार्थ सेवनसँगै आराम गर्नुपर्ने औल्याउँदै डा. मरासिनी भन्छन्, ‘गर्मीले शरीरमा पानीको कमीको लक्षण देखिए तुरुन्त चिकित्सा सहयोग लिनुपर्छ ।’
कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses