भर्खरै नेपालमा भुकम्पको धक्का
काठमाडौं, आषाढ १६ ।
गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । बुधबार मात्रै दिउँसो ४ बजेसम्म ४ म्याग्निच्यूडमाथिका तीनओटा पराकम्पन आएका छन् ।
बुधबार दिउँसो ३ बजेर ३४ मिनेटमा नुवाकोट र रसुवा आसपास केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन आएको छ ।
यसअघि, बुधबार बिहान ९ बजेर १२ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पन मापन भएको थियो ।
त्यसअघि, बुधबार बिहानै ३ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडकै पराकम्पन मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि, मंगलबार एकओटा पराकम्पन मापन भएको थियो ।
वैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडमाथिका ३३३ ओटा पराकम्पन मापन भइसकेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses