७ रेक्टर स्केलको अर्काे शक्तिशाली भूकम्प गयो

काठमाडौं, २५ असार । सोलोमोन द्वीपमा शुक्रबार ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन ।
सो भूकम्पको केन्द्रविन्दु दादालीदेखि १५४ किलोमिटर दक्षिणपश्चिम र सोलोमान द्वीपको राजधानी होनीयारदेखि १७० किलोमिटर पश्चिममा २० किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
सोलोमोन द्वीपको राष्ट्रिय प्रकोप नियन्त्रण कार्यालयका प्रवक्ताले यस भूकम्पको कारण मानवीय र भौतिक नोक्सानीको कुनै विवरण हालसम्म प्राप्त नभएको बताएका छन ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका यो भूकम्पको लगत्तै ६.५ रेक्टरको अर्काे भूकम्प गएको थियो । यो भूकम्पपछि फेरि ५.३ रिक्टर स्केलको पराकम्पन आएको बताइएको छ ।
सन् २०१३ मा सोलोमोन द्वीपमा आएको ८.० रिक्टर स्केलको भूकम्पपछि आएको सुनामीमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी कयौँ भवनहरु ध्वस्त भएका कारण हजारौँ व्यक्ति घरवारबिहीन भएका थिए । यसअघि नेपाल, जापान, मलेसिया र चीनमा ७ रेक्टर स्केलका शक्तिशाली भूकम्प गइसकेको छन् । रासस/सिन्ह्व
dainiknepal.com

0 comments

Write Down Your Responses