लिपुलेक’ तिम्रो मैदान होइन भारत, हाम्रो आँगन हो, यी हुन् प्रमाण

July 10, 2015


नेपालको जमिनमा भारतीय सेनाको क्याम्प
काठमाडौं । लिपुलेक यतीबेला सबैभन्दा चर्चित स्थान बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण पछि यो स्थान अहिले सर्बाधिक चर्चाको केन्द्रमा पुगेको छ ।

कारण, चीन र भारतबीच लिपुलेकलाई व्यापारीक मार्ग बनाउने सहमति । कालापानी भन्दा १५ किलोमिटर पुर्वमा रहेको लिपुलेक भारलते आफ्नो दाबी गर्नु र चीनले आँखा चिम्लिएर सहि गर्नुले यी दुई देशले बिचमा रहेको सानो मुलुकप्रति गर्ने व्यावहार प्रस्ट हुन्छ ।
केही इतिहाँसविद्हरुले तयार पारेको ऐतिहाासिक नक्सा र फोटोले लिपुलेक नेपालको ऐतिहाँसिक स्थान भएको पुष्टि गर्दछ । र लिपुलेकमा धावा बोल्ने अधिकार भारत र चीनलाई छैन । सार्वभौम नेपालको इतिहाँस भारत र चीनबीचको सम्झौताले धुलमिल्याउन सक्दैन ।

0 comments

Write Down Your Responses