यी आमा भन्छिन्-‘छोराहरुले मलाई सधै नाङ्गै देखुन्’

साउन १ गते
म  चार जना छोराका साथ रहन्छु । उनीहरुको तस्बिर हेरेरै अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरु सानै छन् । उनीहरुको सिरानमुनि वयस्क पत्रिका होला वा लुकेर पोर्न मुभी हेर्छन् होला भन्नेमा मलाई अहिल्यै चिन्ता गर्न जरुरी छैन । मलाई अहिले खुशी पनि यही छ कि मेरा छोराहरु यस्ता जिज्ञासाको चक्करमा परेका छैनन् । तर, चाँडै नै उनीहरु यी गतिविधितिर आकर्षित हुनेछन्, सायद मैले सोचेभन्दा चाँडै । यसको मतलब के हो भने मैले २५ वर्ष वर्षको उमेरसम्म यौनका विषयमा सोचेकी पनि थिइनँ ।


यसकारण म चाहन्छु, मेरो छोराहरुले सबभन्दा पहिले मलाई नै निर्वस्त्र देखुन् : १. किनकि यदि मैले यस्तो गरिनँ भने थाहा छैन, कुन महिलालाई पहिलोपल्ट नांगै देख्नेछन् । सायद कुनै म्यागजिन वा फिल्ममा, जसको शरीरी परेफेक्ट हुनै छैन । उनीहरुले परफेक्ट शरीर नभएका महिलाको निवस्त्र रुप पहिलोपल्ट देखे भने महिला प्रतिको नजरिया नै सही हुने छैन ।
२. म चाहन्छु, मेरो छोराहरु मेरो पेटमा काटिएको निशाना देखेर सोधुन्– ममी यो के भएको ? म उनीहरुलाई गर्वका साथ उत्तर दिन पाउँ, ‘ बच्चालाई गर्भमा राख्नु कति कठिन काम हो । म तिमीहरुको पालनपोषण गरिरहँदा यही शरीरका साथ खुशी पनि छु ।’
४. म चाहन्न उनीहरुहले कुनै महिलाको पुष्ट वक्षलाई आफ्नो महिलाको सुन्दरताको मानक बनाउन्, जुन कुनै पत्रिकाका लागि प्रविधिको सहारामा बनाइएको होस् । उनीहरुलाई जानकारी हुन जरुरी छ कि केही समयपछि जुनसुकै महिलाको वक्षको आकार बदलिन्छ । विशेष गरी बच्चा जन्माएपछि लत्रिन्छन् ।
५. मलाई विश्वास छ कि मेरो कोशिश उनीहरु आफैले बुझेर भन्नेछन्– ममी तपाईँको शरीर ढाक्नुहोस् ।  एक समय आउँछ उनीहरु मेरो कम्मर छुन आउनेछन्, थिलथिलो पाउनेछन् । त्यतिबेलासम्म म उनीहरुलाई छुन छुट दिनेछु,  जबसम्म एक बच्चा पाएकी महिलाको गिलो कम्मर आकर्षक ठान्दैनन्  ।
यीनै अनुभवपछि उनीहरु विवाह गर्नेछन् । केही समयपछि उनीहरुकी श्रीमतीले भन्नेछिन्– बुढा, अचेल त मेरो ज्यान पूरै बिग्रिएर अनाकर्षक भयो । त्यतिबेला मेरा छोराहरुको जफाव हुनेछ, ‘तिमी जस्ती छौ, परफेक्ट छौ ।’ एजेन्सी

,

0 comments

Write Down Your Responses