गाई मारेको अभियोगमा पक्राउ

मेलम्ची :  सिन्धुपाल्चोकको इचोक गाविस-२ बाट गाई मारेको अभियोगमा प्रहरीले विहीबार एक जनालाई पक्राउ गरेको छ ।


गाईको टाउकामा चिर्पटले हानी मारेर काट्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले स्थानीय ६६ वर्षीय खेन्द्र तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिए ।


सो ठाउँमा प्रहरी पुग्दा तामाङले मारिएको गाईलाई गोठमा स्याउलाको पत्करले छोपी राखेको अवस्थामा भेट्टाएको थियो । गाई गोरु मारेको अभियोग प्रमाणित भए १२ वर्षसम्म कैद सजायको व्यवस्था छ ।

,

0 comments

Write Down Your Responses