भारतीय राजदुतको अस्वभाविक चलखेल, नेपाली नेताहरुसँग गोप्य भेटघाट

काठमाडौं ।


संविधानको प्रस्तावित मस्यौदा राय सुझावका लागि जनतामा गएलगतै भारतीय दुतावासको अस्वभाविक चलखेल सुरु भएको छ । चार प्रमुख दलका नेताहरुलाई दिल्ली पठाउने देखि दलका कार्यालयसम्प पुगेर भारतीय राजदुत रणजित रेले अस्वभाविक चलखेल सुरु गरेका छन् । आइतबार एमाले संसदीय दलको कार्यालयमा पुगेर एमाले अध्यक्ष केपी ओलीसँग गोप्य भेटवार्ता गरे । भावी सरकारको नेतृत्व ओलीले लिने राजनीतिक बृत्तमा सहमति भइसकेपछि ओलीसँग राजदुत रेले गोप्य भेटवार्ता गरेका हुन् । भेटमा संविधानका केही बुँदामा राजदुत रेले असहमति जनाएको स्रोतले बतायो । तर ओली जनताबाट राय सुझाव आएपछि केही थपघट हुने रेलाई विश्वास दिलाएका छन् ।
नेपाली नेताहरुको दिल्ली भ्रमणमा जाँजोपाँचो मिलाउन दुई दिनपछि भारत जान लागेका राजदुत रेले त्यसको पूर्वसन्ध्यामा दलका नेताहरुलाई धमाधम भेटिरहेका छन् । उनले आइतबार नै प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको छ । उनले नयाँ संविधानमा भारतको सहयोग रहेको देखाउन पनि प्रमुख दलका नेताहरुलाई भारतीय प्रधानमन्त्रीसँग भेट गराउने भएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा तीन दलका ४ नेता दिल्ली जाने भएका छन् । एमाओवादी अध्यक्ष दाहाल पहिलो निमन्त्रणामा परेका छन् । दाहाल फर्के लगतै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भारत जाने भएका छन् । देउवापछि भारतीय प्रधानमन्त्रीको ‘मेजमान’ एमाले नेता माधव नेपाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल पर्ने भएका छन् ।
यी सवै नेताहरुलाई पालैपालो दिल्ली लिने योजना भारतीय दुतावासको हो । भारतीय दुतावासको योजनामा नेपाली नेताहरु दिल्ली जान लागेका छन् । प्रचण्ड, देउवा, नेपाल र पौडेलपछि मधेशबादी दलका नेताहरुलाई दिल्ली बोलाउने योजना दुतावासले बनाएको छ ।

0 comments

Write Down Your Responses