राशिफल: असार २७—साउन २, २०७२ साप्ताहिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Aries
बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मंगलबार र बुधबार स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। बिहीबारदेखि गलत सूचना दिनेहरूले सताउनेछन्। अरूको भरपर्दा विश्वास गुम्न सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। हतारको निर्णयले धोका हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

Taurus
भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। समस्याका बेला आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। आँटेका काम मुस्किलले बन्नेछन्। परिबन्धले खर्च बढाउनुका साथै अर्थ अभावले काम स्थगित हुन सक्छ। कृषि तथा पशुपालनमा पनि लगानी बढ्नेछ। साताको उत्तरार्ध अनुकूल बन्नुका साथै विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ। सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

Gemini
खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका शुभचिन्तकहरूले साथ दिनेछन्। आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग निकटता बढ्नेछ। मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले केही सताउन सक्छ। सानो प्रयत्नले ठूलो फाइदा दिलाउन सक्छ। बिहीबारदेखि परिस्थिति अलि प्रतिकूल बन्नेछ। विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

Cancer
सुरुको समय लाभदायक देखिन्छ। व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ भने श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ। मंगलबारदेखि आकस्मिक खर्च बढ्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ने स्थिति आउन सक्र्छ। अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ। आफन्तहरू टाढिनेछन् भने सहयोगीहरू समेत कमै भेटिनेछन्। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नुका साथै रोकिएका काम सम्पन्न हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)


Leo
पहिलेका सहयोगीहरूसँग सम्बन्ध बिग्रनाले काममा अप्ठ्यारो पर्न सक्छ। प्रतिस्पर्धीहरू बढ्नेछन् भने अवसरवादीहरूले सताउन सक्छन्। मंगलबारदेखि स्थिति अनुकूल बन्नुका साथै रोकिएका काम बन्नेछन्। दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तर बीचमा आकस्मिक खर्च बढ्न सक्छ। बाध्यताका काममा समय बित्नेछ भने निजी काममा बाधा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

Virgo
स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। दिगो आम्दानीको स्रोत फेला पार्न सकिनेछ। सप्ताहान्तमा आकस्मिक खर्च बढ्न सक्छ। आफन्तबाट टाढिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Libra
सुरुमा केही असहज वातावरणमा समायोजित बन्नुपर्ला। कामको बोझ र जिम्मेवारी थपिन सक्छ। सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन्। मंगलबार र बुधबार अरूका काममा समय खर्चनुपर्ला। विचार नपुर्याई वचन दिने बानीले समस्या उत्पन्न गर्न सक्छ। बिहीबारदेखि स्थितिमा सुधार आउनुका साथै दीर्घकालसम्म फाइदा हुने काम सुरु हुनेछ। सामाजिक प्रतिष्ठा मिल्नेछ। गरेका कामको प्रशंसा हुनेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

Scorpion
सुरुमा मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला। व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै समय रमाइलो रहनेछ। मंगलबारदेखि समय अलि प्रतिकूल रहला। चोटपटक लाग्ने र अस्वस्थ भइने सम्भावना देखिन्छ। विविध समस्यामा अल्झनुपर्दा अवसर हातबाट फुत्कन सक्छ। मन भएर पनि धार्मिक तथा सामाजिक गतिविधिबाट वञ्चित भइनेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर जुट्ने सम्भवना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

Sagittarius
काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौतीसमेत देखापर्नेछन्। कोसिस गर्दा केही अवसर मिल्न सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन संघर्षमा उत्रनुपर्ला। दाम्पत्य वा प्रेमसम्बन्धमा केही असमझदारी बढ्न सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। बिहीबारदेखि भने झमेला, विवाद र चोटपटकको योग छ। आर्थिक अभाव पनि खट्कन सक्छ। अस्वस्थताका बाबजुद कामको चाप बढ्ने देखिन्छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

Capricorn
सुरुमा स्वास्थ्य कमजोर बन्नेछ। पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला। काममा केही चुनौती देखा पर्नेछन्। प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले अलि अप्ठ्यारोमा परिएला। मंगलबारपछि स्थितिमा सुधार आई समय अनुकूल बन्ुनेछ। व्यापार–व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रेम र मित्रताको गाँठो कसिनेछ। सप्ताहान्तमा भने केही अस्वस्थता र नोक्सानीको योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

Aquarius
प्रयत्न गर्दा पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। टाढिएका सहयोगीहरूको हात लिन सकिनेछ। वचन दिने बानीले भने समस्या उत्पन्न गर्न सक्छ। पेटको खराबीले पनि सताउला। पढाइलेखाइमा ध्यान दिन नसकिएला। साताको उत्तरार्धमा स्थिति अनुकूल बन्नेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पराजित होलान्। आर्थिक पक्ष पनि सबल बन्नेछ। चुनौतीहरू सजिलै पार लाग्नेछन्। नयाँ काम सुरु गर्ने समय छ। खर्चको मात्रा भने बढ्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

Pisces
परिस्थितिले साथ दिए पनि समयको मागलाई बुझ्न नसक्दा दुःख पाइनेछ। अवसरवादीहरूले झुक्याउनेछन् भने सहयोगीहरू प्रतिद्वन्द्वीको पक्षमा उभिन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई नै हुनेछ। स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। सप्ताहान्तमा रोकिएका काम बन्नेछन् भने व्यवसायबाट लाभ हुनेछ।

0 comments

Write Down Your Responses