२७ वटी श्रीमतीका एक्ला श्रीमान् भन्छन्-‘कति त मै चिन्दिन’

२०७२ असार २७ गते
संखुवासभा,२७ असार


सामान्य तया एक व्यक्तिले कति जनासँग विवाह गर्छ ? एक वा दुई भन्दा धेरै श्रीमति वा महिलाले एक वा दुई भन्दा वढी श्रीमान रोजेको भन्ने मात्र सुन्न पाइन्छ । तर जिल्लाको सदरमुकाम खाँदबारी स्थित ढोलबाजे निवासी रामचन्द्र कटुवालले २७ वटी श्रीमती ल्याएका छन् । सोझा तथा मिझासिला स्वभावका रामचन्द्र कटुवाल खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहेका छन् । कपाल सेतै फुल्दै गएका राम चन्द्र कटुवालको जवानीमा निकै उताड चढाव आएको कटुवा बताउछन् । खाँदबारी र तुम्लिङ्टार बजार आसपासका ठाउँमा भारी बोकेर जिबन चलाउदै आएका रामचन्द्रले अहिले सम्म २७ वटी श्रीमती बिहे गरेको बताए । ६ दशक काटिसक्दा पनि बिवाह गर्न नछोडेका रामचन्द्र भन्छन् “अब त कस्ले पत्याउँछ र, २७ वटी ल्याए, कमाए खुवाए अहिले सबै मलाई छोडेर गइसके यति बेला त मैले देखे भने पनि चिन्दिन कुनै श्रीमतीलाई। ‘कुनै समयमा २७ वटी श्रीमतीका श्रीमान् भनेर ख्याती कमाएका रामचन्द्रले अहिले भने घरमा एउटी मात्र श्रीमती छ रामचन्द्रले गुनासो गर्दै भने ।’ सोझा तथा मिझासिला स्वाभावका कटुवाल खाँदबारी बजारमा सबैका हायी हायी पात्र हुन

0 comments

Write Down Your Responses