यम ग्रह पृथ्वी नजिक आउन थालेको संकेत/तस्बीर प्रष्ट देखिएको वैज्ञानिकको भनाई

असार २६, एजेन्सी ।


सौर्य मण्डलमा रहेका नौ वटा ग्रह मध्ये पृथ्वीबाट सबैभन्दा टाढा रहेको यम ग्रह प्रष्ट रुपमा देखिन थालेको वैज्ञानिकले बताएका छन् । यसलाइ सो ग्रह पृथ्वीतर्फ आईरहेको हुनसक्ने अनुमानका रुपमा पनि लिइएको छ । यमको अनुसन्धान गरिरहेको नासाको उच्चस्तरीय समितिले यमको प्रष्ट तस्बीर आज सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
यमको सो तस्वीर पृथ्वी देखि १ हजार ५ सय किलोमिटर दुरीबाट लिईएको थियो । यमबारे थप अनुसन्धान गर्न नासाले आगामी मंगलबार अन्तरिक्ष यान पठाउने जनाएको छ । सो यानले पृथ्वीबाट १२ हजार ५ सय किलोमिटर दुरीबाट यमको तस्वीर खिच्ने बताईएको छ ।
सो यानमा जडित लोरी नामक टेलिस्कोपिक लेन्सले उच्च गुणस्तरयुक्त फोटो खिच्ने छ । त्यसपछि यम पृथ्वीतर्फ नजिकिँदै आएको हो कि होइन भन्ने स्पष्ट हुने बताईएको  छ ।

,

0 comments

Write Down Your Responses