अब घरमै आउँछन् निर्वस्त्र महिला कामदार

मान्छेले चर्चामा आउन तथा पैसा कमाउन अनेक जुक्ति निकाल्छन् । आफ्नो व्यापार व्यवसाय मज्जाले चम्कियोस् र मनग्गे पैसा कमाइयोस् भन्ने इच्छा कसमा हुँदैन र ? तर पैसा कमाउन अक्कल चाहिन्छ । यस्तै अक्कल अमेरिकाकी एक महिलाले निकालेकी छिन् ।

अमेरिकाको टेक्सासकी मेलिसा बोरेट नामकी महिलाले घरेलु महिला कामदार आपुर्ति गर्ने एउटा संस्था स्थापना गरेकी छिन् । महिला कामदार आपुर्ति गर्ने संस्था खोल्नु कुनै अनौठो कुरा थिएन । अनौठो कुरा त के भने उनको संस्थाबाट काम गर्न जाने महिला कामदार ग्राहकको चाहना अनुसार नांगै भएर समेत सेवा प्रदान गर्छन् ।
मेलिसाको कामदार आपुर्ति संस्थामा सम्पर्क गरी आफ्नो घर सफाइ गर्न चाहने ग्राहकले चाहे अनुसार ती

कामदारले लुगा फुकालेर ग्राहकको घरको सफाइ गरिदिनेछन् । ती महिला कामदारले बिकिनी लगाएर, पेन्टी मात्र लगाएर तथा पूरै निर्वस्त्र भएर समेत घरको सफाइ गरिदिने उनले बताएकी छिन् ।
ग्राहकले आफ्नो घर सफाइ गरेबापत हरेक कामदारको लागि प्रतिघण्टा १ सय डलर तिर्नुपर्नेछ भने दुइजना कामदार कजाएमा घण्टाको डेढ सय डलर तिरे पुग्छ । उनको नग्न सफाइ सेवामा केही सर्त समेत छन् । निर्वस्त्र कामदारको सेवा लिन ग्राहक १८ वर्षभन्दा बढि उमेरको हुनुपर्नेछ । त्यस्तै कामदारले निर्वस्त्र भएर कोठा सफा गरिरहेको बेला ग्राहकले भने सरीरको कुनैपनि कपडा फुकाल्न पाइने छैन । साथै त्यस्ता महिला कामदारमाथि कुनैपनि यौनिक हिंसा गर्न नपाइने कडा नियम रहेको मेलिसा बताउूछिन् ।
२६ वर्षकी मेलिसाले स्थानीय एक डान्स क्लबमा वेट्रेसको काम गर्दै गर्दा आफुलाई यस्तो संस्था खोल्ने आइडिया फुरेको बताउूछिन् । कतिपयले उनको यस्तो कदमलाई फोहोरी काम भनेपनि उनी भने निर्वस्त्र महिलाद्धारा घर सफा गराउन पाउने सेवा ग्राहकका लागि अभूतपूर्व हुने र त्यसलाई फोहोरी काम भन्न नमिल्ने बताउूछिन् ।

,

0 comments

Write Down Your Responses