गाईको मुटुको भल्व मानिसमा प्रत्यारोपण

एजेन्सी।

८१ वर्षिया एक वृद्धालाई गाईको मुटुको रक्तनलीले नवजीवन दिएको छ।


हैदरावादका ती वृद्धाको मुटुको एओर्टीक भल्भ साँघुरिदा समस्या आएको थियो। चेन्नईको फ्रन्टियर हस्पिटलमा गएको शनिबार अपरेशन गरेर ती वृद्धाको मुटुको भल्भ फेरेर गाईको मुटुको भल्भ प्रयोग गरिएको थियो।

११ वर्ष अघि पनि भल्भ फेरेक ती वृद्धा पुनः समस्या देखिएपछि फ्रन्टिएर अस्पताल पुगेकी थिइन। स्वासफेर्नको लागि पनि गम्भिर समस्या देखिएपछि उनको अपरेशन गरिएको थियो।

Heart vulve

सामान्यतयाः यस्तो अवस्थमा समस्या आएको मुटुको भल्भलाई निकाली नयाँ भल्भ फेर्ने गरिन्थ्यो तर ती वृद्धाको उमेरलाई ध्यानदिदै गाईको मुटु प्रयोग गरि बनाइएको बायो-प्रोस्थेटिक भल्भ प्रयोग गरेका थिए।

यो सर्जरी निकै जोखिमयुक्त थियो। पहिला पनि भल्भ फेरेको साथै स्तन क्यान्सरबाट पनि गुज्रेको विरामीलाई यो अपरेशन गर्दा पुरानो भल्भ नफाली, नयाँ भल्भलाई पुरानै भल्भ भित्र राखिएको सर्जन अन्नथरामानले बताए। तीन घण्टा समय लगाइ ४ जना सर्जनको टीमले यो सर्जरी गरेका थिए।

,

0 comments

Write Down Your Responses