विश्वकप छनौटमा गएको नेपाली क्रिकेट टोली यसरी फस्यो यौन काण्डमा

काठमाडौं । त्यसोत नेपाली राष्ट्रिय क्रिकेट टोलिका फिजियो डा. आइजाज बसिर नियुक्त भएको दुइ साता मात्रै भएको छ । उनी टी–२० विश्वकप छनौट प्रतियोगिताकालागि नियुक्त फिजियोलोजिष्ट हुन् र भारतका चर्चित फिजियोलोजिष्ट पनि हुन् ।

विश्वकप क्रिकेट छनौटकालागि नेपाली टोली आयरल्याण्ड भ्रमणमा छ र नेपाली क्रिकेटले विश्वकप छनौटकालागि हर तरहको प्रयास गरिरहेको छ ।
पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा वर्षका कारण बराबरीमा रोकीन पुग्यो । तेस्रो खेलमा आयोजक आयरल्याण्डसँग नराम्रो पराजय व्यहोरेको नेपालले चौथो खेलमा बुधबार हङकङसँग पनि पराजित हुनपुग्यो ।
हङकङसँगको पराजयसँगै नेपाली क्रिकेट टोली अर्को मानसिक पीडामा थियो । अनि लज्जाबोधकासाथ मैदानमा उत्रन बाध्य थियो । कारण थियो–टीमका फिजियोलोजिष्टको यौनिक हर्कत ।
उक्त पीडा र लज्जाबोधकासाथ मैदानमा उत्रनुपर्दा खेलको स्पीड गुम्नु स्वभाविक पनि हो । हुन त यो घटनामा नेपाली टीमका खेलाडी, व्यवस्थापक र प्रशिक्षकको कुनैपनि संलग्नता छैन र उनीहरुको दोष पनि छैन । तर, त्यही टमिकालागि भनेर लगिएको फिजियोलोजिष्टलाई जेल मुक्त गर्न र जमानीबस्न नेपाली टीमका सदस्यहरु बाध्य बन्दा मानसीक तनाव स्वभाविक पनि हुन्छ ।
नेपाल क्रिकेट संघले लगातार नेपाल पराजित भैरहेकाबेला यस्तो घटना पनि जोडीदाँ नेपाली क्रिकेटमा समर्थकहरु आक्रोशित हुन्छन् भन्ने बुझेको छ । सायद त्यहि भएर यो घटनालाई सकेसम्म बाहिर ल्याउन पनि चाहेको थिएन । तर, मिडियाको अघि लुक्ने कुरै भएन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलिका फिजियो डा. आइजाज बसिर
नेपाली राष्ट्रिय क्रिकेट टोलिका फिजियो डा. आइजाज बसिर
टी–२० विश्वकप छनौट प्रतियोगिताकालागि नियुक्त फिजियोलोजिष्ट डा बसिरले होटेलकी मसाजरसँग यौनिक व्यावहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेपछि नेपाली टोलीका ब्यावस्थापक तनावमा परेका थिए ।
केही समयकालागि भाडामा लगिएका चिकित्सकको हर्कतले टोलीको इज्जतमाथि प्रश्न उठाइनु पनि स्वभाविक थियो, आयरल्याण्डमा ।
घटनाक्रम अनुसार आयरल्याण्डमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै रहेका उनले नेपाली टोली बसेको होटेल ला मोन्टकी मसाजरलाई फुल बडी मसाज गर्न लगाएको तर, युवतीले मसाज थालेपछि मसाजको नियम अनुसार लगाउनुपर्ने कपडासमेत फुकालेर नांगै बसेपछि युवतीले आपत्ति जनाएकी थिइन् ।
युवतीलाई नांगै मसाज गर्न आग्रह गरेपछि युवतीले होटल प्रशासनमा जानकारी गराएकी थिइन् । लगत्तै उनलाई होटल व्यवस्थापनले माफी मगाएको थियो ।
उनले ती युवतीलाई माफी माग्दै दश पाउण्ड दिएका थिए । तर, युवतीले नमानेपछि उनलाई एक रात हिरासतमा राखिएको र भोलीपल्टै अदालत लगिएको थियो । अदालतले उनलाई २५ सय युरो तीरेर धरौटीमा छाडेको छ भने अदालतको निगरानीकालागि अदालत नजीकैको स्ट्राङफोर्ड आर्मस होटलमा राखिएको छ ।
अदालतमा उनलाई लगिँदा क्यानका अध्यक्ष दिपक कोइराला लगायत टिमका म्यानेजरहरु पुगेका थिए । अदालतमा लाग्ने सम्पुर्ण खर्च नेपाली टिमले व्यहोर्नेगरि उनको जमानी बसेको जनाइएको छ ।
हुन त उनले आफुले युवतीलाई नियम अनुसार फुल मसाज गर्न लगाएको तर, युवतीले आफुलाई फसाउन अनावश्यक कुरा गरेको बताएकाछन् । उनले युवतीलाई दुरासय राखेर कहीँ कतै नछोएको र हात समेत नसमातेको प्रष्टिीकरण दिएका छन् ।
उनले जे जस्तो प्रष्टिकरण दिएपनि अदालतले उनलाई कारबाही प्रक्रिया अघि बढाइसकेको छ र उनका कारण नेपाली क्रिकेट टोली नै बेइज्यतको सामना गर्न बाध्य भएको छ ।
अब नेपालले छनौटमा बाँकी दुबै खेल भारी स्कोरकासाथ जितेर अगाडी बढ्न सक्नुपर्छ र भाडाका मान्छेका कारण आयरल्याण्डमा भोग्नुपरेको बेइज्जती त्यहीँ पखालेर आउनुपर्छ । नेपाली टोलीलाई सफलताको शुभकामना ।

,

0 comments

Write Down Your Responses