रातभरीको बर्षाले पोखराका बस्तीहरु डुबानमा (भिडियो हेर्नुहोस)

पोखरा, आषाढ ३१ । पोखरा उपमहानगरपालिका–१३ स्थित काहु खोलामा आएको बाढीले आसपासका वस्ती डुवानमा परेका छन् ।

बाढीका कारण बुडुवा, कमलपोखरीलगायत आसपासका बस्तीहरु डुवानमा परेका हुन् । बाढीले भर्खरै रोपिएको धानसमेत डुवाएको छ । खोला आसपासका घरमा पानी पसेको छ ।
बर्षा नरोकिएको र खोलामा पानीको सतह बढी भएका कारण नजिकका बजारसमेत डुब्ने त्रासले स्थानीयबासिन्दा त्रसित बनेका छन् ।
त्यस्तै, बाढी कै कारण पोखराका नदीपुर, फिर्के, बाजापाटन, छोरेपाटनलगायतका स्थानमा जमिनसमेत भासिएको छ ।
अर्मलामा जमिन भासिएर त्रसित भइरहेका पोखरेलीलाई यसले झनै त्रास बढाईदिएको छ ।
यसैबीच प्रस्तावित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएको भलले पहिरो जाँदा पोखराको विजयपुर भगवती हाइड्रो पावर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
पहिरोका कारण १६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको हाइड्रोपावरले जनाएको छ ।
सोही पहिरोका कारण नजिकै रहेको हिमालयन गल्फमासमेत क्षति पुर्‍याएको छ ।
हाइड्रो पावरबाट उत्पादित साढे ४ मेगाबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

,

0 comments

Write Down Your Responses