नेपालद्धारा अमेरिका ६ विकेटको फराकिलो अन्तरले पराजित

असार- ट्वान्टी–ट्वान्टी विश्वकप छनौट क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाइ पराजित गरेको छ । अमेरिकालाइ ६ विकेटको फराकिलो अन्तरले पाखा लगाउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

अमेरिकाले राखेको १ सय २२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर निर्धारित ओभरको २ बल बाँकी छँदै भेटायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५२ रनको अर्धसतकिय पारी खेलेका थिए । पहिलो विकेटको रुपमा सागर पुनलाई मात्र ६ रनमा गुमाएको नेपाल सुरुवाती ओभरमा सम्हालिँदै खेलेको थियो । अनिल मण्डल र ज्ञानेन्द्र मल्लले ७८ रनको उत्कृष्ट साझेदारी निभाए सँगै नेपालको जित सुनिश्चित भएको थियो । अनिल मण्डलले २९ रन बनाए यस्तै विनोद भण्डारी ७ रन बनाउँदै पवेलियन फर्केका थिए ।

कप्तान पारस खडका २१ र शरद भेषवाकर २ रनमा नटआउट रहे ।  यसअघि टस जिती ब्याटिङ्ग रोजेको अमेरिकाले निर्धारित पुरै ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २१ रनमा समेटिएको थियो । अमेरिकालाइ सस्तैमा समेटने क्रममा शक्ति गौचन र बसन्त रेग्मीले ३–३ खेलाडिलाई पवेलियनको बाटो देखाएका थिए यस्तै सोमपाल कामीले २ तथा सागर पुनले १ विकेट झारेका थिए । अमेरिकाको लागि ओपनर अकिम डोडसनले सर्वाधिक ३९ रन बनाए । फहाद वावरले २३ वाहेक अन्यको प्रदर्शन भने कमजोर रह्यो ।

आगामी खेलमा नेपालले नामिवियाको सामना गर्नेछ ।

0 comments

Write Down Your Responses