रणबीरले क्याट्रिनालाई दिए हिराको औठी

बलिउड नायिका क्याट्रिना कैफको ३२ औं जन्मदिनमा उनको कथित ब्वाइफ्रेण्ड रणबीर कपुरले एउटा औठी उपहार दिएका छन्। रणबीरले क्याट्रिनाको जन्मदिनलाई अवसर पारेर सप्राइज पार्टी दिए, साथै प्लाटिनमको एउटा हिरा जडित औठीपनि दिए।


उक्त औठीमा ‘kk’ लेखिएको छ। जसको मतलब क्याट्रिया कैफ वा क्याट्रिना कपुर पनि हुनसक्छ।

Ranbir-Katrina

रणबीरले यो औठी क्याट्रिनालाई प्रपोज गर्दा दिएको बताइन्छ। यो भन्दा अघि रणबीर र क्याट्रिनाले यो वर्ष विवाहको लागि समय नभएको बयान दिएका थिए। सम्भवत अर्को वर्षको अन्त्यसम्म यी दुइ वैवाहिक बन्धनमा बाँधिने देखिन्छ।

सन् २०१० को फिल्म ‘अजब प्रेम की गजब कहानी’ बाट यी दुइको सम्बन्ध वास्तविक जीवनमै सुरु भएको थियो। आजभोली यी दुई लिभ-इन रिलेसनमा संगै मुम्बइमा बस्छन्।

,

0 comments

Write Down Your Responses