ट्राफिक प्रहरीले घुसबापत युवतीसँग किस मागेपछि …
१७ असार –
मापसे चेकजाँचका क्रममा घुसबापत किस माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने ट्राफिक प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन् ।
असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरुप तीन ग्रेड रोक्का गरिएको छ ।
मापसे चेकिङका क्रममा उनले स्कुटरचालक युवतीलाई बिलबुक नवीकरण नगरेको भन्दै कारबाही गर्न खोजेका थिए ।
तर, एकपटक किस गर्न दिए कारबाहीबाट जोगाईदिने भन्दै उनले युवतीसँग बार्गेनिङ गरेका थिए ।
–नयाँ पत्रिका दैनिकबाट
0 comments
Write Down Your Responses