स्टाटस लेख्दा दीपकराज गिरीलाई नेताको फोन !
२०७२ असार १७ गते
काठमाडौं । चर्चित कलाकार दीपकराज गिरीले फेसबुक स्टाटस लेखेपछि नेतादेखी सभासद्सम्मले फोन गरेका छन् ।
नेपाल टेलिभिजनको हाँस्य टेलिश्रृखला ‘तितो सत्य’का निर्माता/निर्देशक कलाकार दीपकराजले विवादास्पद कृषि मन्त्री हरिप्रसाद पराजुलीलाई व्यंग्य हान्दै फेसबुकमा स्टाटस लेखेपछि उनलाई नेतादेखि सभासद्सम्मले फोन गरेका हुन् ।
उनले कृषि मन्त्रीले पराजुलीले रोपाईमा महिलामाथि गरेको अश्लील हर्कतका बारेमा स्टाटस लेखेका थिए । उनको स्टाटसले सभासदको समेत ध्यान आकर्षण गरेको छ । ‘स्टाटस लेख्दा सभासददेखि नेतासम्मको फोन आएको आयै छ’ दीपकले भने । उनलाई कांग्रेस र माओवादीका नेता तथा सभासदले फोन गरेका हुन् ।
फोन गर्दै नेताहरुले ‘समय सान्दर्भिक लेख्नु भएछ भन्दै बधाई दिनुभयो’ दिपकले जानकारी दिए । उनले फोन गरेर बधाई दिने नेता तथा सभासदको नाम भने उल्लेख गरेनन् ।
यस्तो छ दीपकराज गिरीको फेसबुक व्यंग्य :
आज म लेख्दैछू….
आषाढ़ १५ धान रोप्ने मुख्य दिन । रोपेको फल्न ४ महिना लाग्नुपर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यस्को पर्सी पल्टै फल्यो । छदॉ खॉदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो ।
एमालेले सहि निर्णय पनि लियो । तर यसमा ठूलो पाठ लुकेको छ, म लगायत सबै पुरूषका लागि शिक्षा हुन सक्छ सायद यो घटना ।
आगों छुनु, आइमाइ नछुनु !
भ्रष्टाचार गर्या भए बरू अदालतबाट प्रमाणित हुनु पर्थ्यो, लामो प्रक्रियापछि मात्र पद जान्थ्यो, महिला छोको ४८ घन्टामै जागिर चट ।
कस्तो रहेछ यो ?
महान आशाराम । क्षणभरमै निराशाराम बन्न पूगे ।
विल किल्नटनमा लेवेन्सकि चन्द्रमा मा दाग झै बनिन् ।
बिश्वामित्र त्यहि महिला प्रेमबाट साधुबाट आलु भए ।
त्यसैले नयॉ आउने कृषि मन्त्रीज्यू साउन १५ मा खेत गोड्न पनि बोलाउँलान् तपाइलार्इ ।
साउन १५ मा मन्त्रीज्यू दॉया बॉया नहेरी खेत गोडनु
राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोडनु
आजलाई यतिमात्रै ।
स्रोत दैनिक नेपाल
0 comments
Write Down Your Responses