मोडल कवितालाई सहवास भन्दा किस मीठो !

काठमाण्डौ । पछिल्लो समय नेपाली कला क्षेत्रमा थुप्रै नयाँ मोडेलहरुको जन्म भइरहेको छ । सबै आ–आफ्नो उचाईमा पुगिरहेका छन् । यही भीडमा उदाउँदै गरेकी मोडल कविता बानिया अहिले मोडलिङ क्षेत्रमा व्यस्त छिन् ।
धादिङ फुलखर्क जन्मघर भएकी बानियाँ हाल काठमाडौंको मनमैजुमा रहेको निवासमा बस्छिन् । २० वर्षीया बानियाँ डेढवर्ष मोडिलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । यसबीचमा उनी एक दर्जनभन्दा बढि म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । कामको शिलशिलामा चितवन आइपुगेकी मोडल बानियाँसँगको संवाद यहाँ प्रस्तुत गरिएको छ ।


आजभोलि कसरी बितिरहेका छन् दिनहरु ?
– भूकम्पले गर्दा हरेक क्षेत्रमा तहसनहस भयो । कलाकारिता क्षेत्रमा पनि यसले प्रत्यक्ष असर गर्यो । अहिले फुर्सदको समयमा घुमघाम गरिरहेकी छु । अब केहीदिन पछि नयाँ म्यूजिक भिडियोको सुटिङ सुरु हुँदैछ । फोटोसुटको कामहरु पनि भईरहेको छ ।

भूकम्प गएका बेला के गर्दै हुनुहुन्थ्यो, कस्तो महसुस भयो ?
–त्यसबेला म घरमै थिए । अचानक घर हल्लिन थालेपछि हामी सबै घर बाहिर निस्कियौ । निकै डर लागेको थियो । त्यो बेला सम्झना अहिले पनि डर लाग्छ ।

मोडलिङ क्षेत्रमा जम्दै हुनुहुन्छ, पहिलो म्यूजिक भिडियो कुन हो ?
– म डेढ वर्षको अवधिमा एक दर्जन भिडियोमा अभिनय गरिसकेँ । मेरो पहिलो म्यूजिक भिडियो स्मीता घिमिरेको ‘भाग्य भन्नु’ बोलको गीत हो । अहिले मोडलिङमा जम्ने प्रयास गरिरहेकी छु ।

मोडलिङमा कसरी प्रवेश गर्नुभयो रु यस क्षेत्रमा कत्तिको चुनौती छ ?
– मेरो सानैदेखिको चाहना भनेको डान्सिङ हो । तर मलाई म्यूजिक भिडियोमा खेल्ने अवसर जुर्यो । मैले अवसरलाई सदुपयोग गर्दै यस क्षेत्रमा आइपुगेँ । सुरुमा निकै रमाईलो लाग्यो यो क्षेत्र । तर बुझ्दै जाँदा निकै चुनौती छ । म्यूजिक भिडियोहरु खेल्नका लागि विभिन्न अफरहरु दिन्छन् । अश्लिल कामको अफरसमेत दिने गरेको सुनेको छु । तर मैले त्यस्तो अफर सुन्नु परेको छैन् । सुटिङको क्रममा कहिलेकाँही निकै ढिलो भएर बेलुका नै हुन्छ । यस्तो अवस्थामा छिमेकीहरुले कुरा काट्ने गर्छन् । तर मेरो घरमा सबैलाई मैले कन्भिन्स गरेकी छु । मेरो घरमा त्यस्तो समस्या चाँही छैन् । जे होस हेरक तवरले यस क्षेत्र निकै चुनौतीपूर्ण छ ।

यस क्षेत्रमा लागेर जीवन पाल्न सकिन्छ ?
– यस क्षेत्रमा रहेर बाँच्न कठिन छ । तर बाच्नका लागि संघर्ष पनि गर्नुपर्ने हुन्छ । म अहिले संघर्षको फेजमा छु । यस क्षेत्रमा रमाईलो पनि छ ।

आजको अवस्थासम्म आइपुग्न कस्तो चुनौती मोल्नुप¥यो ?
– मलाई घरमा सबैले सहयोग गर्नुहुन्छ । बुबा, ममिले मलाई निकै सहयोग गर्नुभएको छ । म्यूजिक भिडियो खेल्दै यहाँसम्म ल्याउन मलाई मोहन अधिकारी र दीपक विक्रम शाही सरले सहयोग पुर्याउनुभयो । उहाँहरुको प्रेरणा र सहयोगले म यस क्षेत्रमा लाग्न सफल भईरहेको छ । मलाई आशा छ अझै अगाडि बढ्न मलाई सबैले सहयोग गर्नुहुनेछ । चुनौतीको त कुरै नगरौँ हरेकदिन चुनौती छ ।

यस क्षेत्रमा आउने युवतीहरुमा सहवासको कुराले बडो चर्चामा ल्याउने गरेको छ, सहवासबारे तपाइँ कति खुल्ला हुनुहुन्छ ?
– अहिलेसम्म सहवासको अनुभव लिएको छैन । मलाई किन किन सहवासप्रति त्यति इन्ट्रेष्ट नै लाग्दैन् । त्यही भएर अहिलेसम्म सहवासको अनुभव लिएको छैन् । तर मावन जीवनमा सहवास अतिआवश्यक पनि छ । समय आएपछि सहवासको अनुभव पनि गरौंला नि । त्यही बेला फेरि यस्तै कुराकानी गर्ने अवसर जुर्यो भने भनौंला ।(हिहिहि…उन्मुक्त लामो हाँसो) । मलाई सहवास भन्दा किस गर्नचाहिँ एकदमै मनपर्छ । किसले मान्छेलाई फ्रेस बनाउँछ । किसचाहिँ धेरै गरेकी छु ।

अब कस्तो म्यूजिक भिडियोमा खेल्ने इच्छा छ त ?
– मैले धेरै म्यूजिक भिडियोमा खेलिसकेँ । मलाई सानैदेखि डान्सिङमा रुची भएकोले मलाई एउटा राम्रो चलचित्रको आईटम गीतमा नृत्य गर्न मन छ ।

भविष्यमा अरु योजना पनि छन् कि ?
– मलाई मोडलिङसंगै कोरियोग्राफर बन्ने मन छ । सायद म बन्छु पनि होला । नभए विदेश भ्रमणतिर लागौंला ।

नेपाली फिल्म क्षेत्रमा तपाईलाई मनपर्ने हिरो र हिरोइन को को हुन् ?
– मलाई धेरै हिरोहरु मन पर्छन् । ती मध्य अहिलेका युवा पुस्ताले रुचाइएका अनमोल केसी मलाई मनपर्छ । अनि स्वर्गीय श्रीकृष्ण श्रेष्ठ मेरो सदाबहार मनपर्ने नायकको रुपमा लिन्छु । अनि हिरोइनमा मलाई नम्रता श्रेष्ठ खुबै मनपर्छ ।

(हाम्रो संदेश डट कममा प्रकाशित सामग्री साभार)

,

0 comments

Write Down Your Responses