श्रीमानको हत्या गरेर उनी बनिन् सोसल मिडिया आइकन

३० असार, काठमाडौं । टर्कीमा बस्ने २८ वर्षकी सिलेम दोगनले पुलिसलाई दिएको बयानमा आफूले श्रीमानको हत्या गरेकोमा केही पनि पछुतो नभएको बताएकी छिन् । उनका अनुसार उनका श्रीमानले श्रीमानको धर्म निभाउनुको सट्टा उनलाई शारिरिक र मानसिक प्रताडना दिए र उनलाई देह व्यापारामा धकेल्ने कोसिस गरेका थिए ।
श्रीमानद्वारा निकै प्रताडितः


पुलिसलाई दिएको बयानमा दोगनले उनका श्रीमान काराबुलुतले विवाह गरेदेखि नै उनलाई प्रताडित गरिरहेको बताएकी छिन् ।

दोगनले भनिन्, ‘एक दिन बिहानै काराबुलतले मलाई ब्याग प्याक गर्न आदेश दिए । मैले किन भनेर प्रश्न गर्दा उनले मलाई अंतालिया शहरमा लग्ने बताए । उनी मलाई त्यहाँ लगेर देह व्यापारमा संलग्न गराई आफू पैसा कमाउन चाहन्थे ।’
‘जब मैले यो कुराको विरोध गरें तब उनले मलाई निकै कुटपिट गरेर मलाई ओछ्यानमा फालिदिए । त्यतिबेला मैले अचानक तकिया मुनी बन्दुक भएको सम्झिएँ । मैले बन्दुक उठाएर काराबुलुतमाथि एक पछि अर्को गर्दै थुप्रै फायर गरें । त्यसपछि मैले आफ्नी छोरीलाई लिएर घर छोडिदिएँ ,’ उनले भनिन् । ‘यो घटनाले मेरो शारिरिक र मानसिक प्रताडनाको लामो यात्रा सिद्धिएको छ ।’
हरेक विषयमा महिला मात्र किन मर्ने ?
दोगनले पुलिसलाई दिएको बयानमा भनिन्, ‘मैले हत्या बाध्यताबस गर्नुपरेको हो । तर आखिर हरेक विषयमा महिला मात्र किन मर्ने ? केही खराब पुरुषलाई पनि त मर्न देउ ? मैले आफ्नो आत्मसम्मानको रक्षाको लागि उनको हत्या गरेकी हुँ ।’
टर्कीको पुलिसले दोगनका विरुद्ध हत्याको केस दर्ता गरेको छ ।
एक छोरीकी आमा दोगनलाई जब दुबै हातमा हतकडी लगाएर जेल लगिँदै थियो तब श्रीमानको हत्या आरोप खेपिरहेकी उनले क्यामरातर्फ ‘थम्स–अप’ गरेर आफ्नो हात उठाइन् । यसबाट यो स्पष्ट हुन्छ कि उनलाई आफ्ना ३३ वर्षीय श्रीमान हसन काराबुलुतको हत्या गरेकोमा केही अपसोच छैन । जेल जाने बेलामा जुन टिसर्ट  उनले लगाएकी थिइन्, त्यसमा लेखिएको थियो, ‘मेरो बितिसकेको समय, सबै शिक्षाको लागि धन्यवाद । प्रिय भविष्य, म तयार छु ।’
सोसल मिडयामा छाइन् दोगनः
पक्राउ पछि  नै दोगनको कथा सोसल मिडियामा छायो । टर्की र अन्य देशका महिलाहरुले घरेलु हिंसाका शिकार महिलाहरुको समर्थनमा ठूलो संख्यामा ट्वीट गर्न सुरु गरे ।
थुप्रै मानिसहरु दोगनको कदमलाई समर्थन गर्दै ट्वीट गरेका छन्, ‘यदि उनका श्रीमादे उनलाई धेरै दुख र तनाव दिइरहेको थियो भने उनले आफ्नो रक्षा गर्नको लागि पूरा अधिकार छ ।’
टर्कीमा ४० प्रतिशत महिलाहरु घरेलु हिंसाको शिकार भएको विभिन्न रिपोर्टले निष्कर्ष निकालेको छ । सन् २०१३ मा लगभग २८ हजार महिलाहरुलाई हिंसाको शिकार हुनुपर्यो । यस्ता करिब २ सय महिलाहरुको हत्या गरियो र अधिकांस घटनामा महिलाका श्रीमान र प्रेमी हत्यारा ठहरिए । यो वर्ष पुरुषद्वारा अहिलेसम्म करिब १ सय महिलाको हत्या भइसकेको छ ।

,

0 comments

Write Down Your Responses