बाजुरामा नयाँ भूकम्प, ठूलो धक्काले स्थानीयको भागभाग
२०७२ असार २२ गते
काठमाडौं, २२ असार । नेपालमा गएको शक्तिशाली ‘गोरखा भूकम्प’पछि बाजुरामा पनि नयाँ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बाजुरामा नयाँ भूकम्प गएको हो । विहान ९ बजेर ३० मिनेटमा बाजुराको सदरमुकाम सम्मको लामो केन्द्रविन्दु बनाएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प करिब २० सेकेण्डसम्म महसुस गरिएको थियो । बाजुराबाट पत्रकार बसन्त विश्वकर्माले दिएको जानकारी अनुसार भूकम्पले सर्वसाधारण त्रसित भएका छन् ।
२० सेकेण्डको भूकम्पका बेला गाउँलेहरुको भागभाग भएको उनले जानकारी दिए । उनका बाजुरामा भूकम्पबाट हालसम्म कुनै क्षति भएको छैन् । भूकम्पपछि ग्रामिण भेगमा प्रहरी परिचालन गरिएको छ ।
बाजुराका डीएसपी श्याम प्रसाद पौडेले भूकम्पको धक्का जिल्लाभरी महसुस भएको बताउँदै क्षति विवरण आइनसकेको बताउनुभयो । उहाँले टेलिफोनमा दैनिक नेपालसँग भन्नुभयो-‘कहाँ कहाँ क्षति भयो भनेर बुझ्दै छौं अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन् ।’
वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पको २ महिनापछि बाजुरा पहिलो पटक नयाँ भूकम्प गएको हो । यसअघि हुम्लामा दुई पटक र रुकुममा एक पटक गरी तीन पटक नयाँ भूकम्प गइसकेका छन् ।
स्रोत - दैनिक नेपाल
0 comments
Write Down Your Responses