चीनले भारतको मजाक उडाएपछि भारतमा हंगामा भारतका मिडियाले चीनको विरोध

छिमेकी चीनले अर्को छिमेकी भारतको मजाक उडाएर एक विज्ञापन बनाएपछि भारतमा त्यसको विरोध भएको छ ।

संसारमा बढी कार्वजन उत्सर्जन गर्ने मध्येको एक देश चीनले कार्वन उत्सर्जन घटाउनका लागि आग्रहसहितको विज्ञापनमा भारतका शहरहरुको दुर्दशा देखाएको छ ।

चिनियाँ विज्ञापनमा भारतका इलाहावाद र मुम्बाइ जस्ता शहर देखाइएको छ ।
भारतमा शहरमा प्लाष्टिक र अन्य फोहरको चित्रित गरिएको उक्त विज्ञापनमा पर्यावरणसँग जोडिएका समस्या समाधानका लागि आह्वान गरिएको छ ।

भारतीय सहरको दुर्शसासहित बनाइएको यो विज्ञापनको डिजिटल बोर्ड चीनको चर्चित शहर वाङ्गफुजिङमा राखिएको भारतीय सञ्चार मध्यमले जनाएका छन् ।

यो विज्ञापन अंग्रेजी र चिनियाँ दुवै भाषामा छ ।

0 comments

Write Down Your Responses